शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

सर्पले डस्दा प्यूठानमा एक युवक घाईते


प्यूठान, २८ साउन । ऐरावती गाउँपालिका–६ खाप्रेखोलाका श्रीधर पोख्रेललाई सर्पले डस्दा घाईते हुनुभएको छ ।

घर नजिकै हाडिखोलामा धानखेतमा सिंचाई गर्ने कुलो बनाउन जाँदा मंगलबार राती करीव ८ बजे सर्पले डसेको प्रहरीले जनाएको छ ।

२० वर्षीय पोख्रेलको गोरुसिंङेमा उपचार भइरहेको छ । पोख्रेलको खुट्टामा सर्पले डसेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top