
प्यूठान ।
प्यूठानमा माडी खोलामा खस्दा दुई बालक बेपत्ता भएका छन् । स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपिन गौतम बेपत्ता भएका हुन् । उनीहरु दुबै जना घर नजिकैको सडकमा साइकल चलाउदै गर्दा सोत्रे ढिकबाट करिब १ सय मिटर बढी उचाईबाट माडी नदिमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
बेपत्ता दुई बालकको प्रहरी र स्थानीयबाट खोजी भईरहेको छ । खोला ठूलो भएकाले खोजीमा समस्या आएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !