शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

डिएसपी, मेयर लगाएतका व्यक्ति सडकमै उत्रिएर जनचेतना छर्दै


झइन्द्र भण्डारी
प्यूठान, २३ साउन । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीको नेतृत्वमा प्रहरी टोली अहिले पनि सडकमै उत्रीएर कोरोना नियन्त्रण कार्यक्रममा लागेका छन् ।

प्रहरी टोलीसङ्गै सहजीकरण गर्नका लागि स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाहरू पनि नियन्त्रण कार्यक्रम सहयोग अभियानमा जुटेका छन् ।

कोरोनाको संक्रमण बढी रहेको यो अवस्थामा भएको बजारको भिडभाड, नागरिकको लापरबाही, कोरोनाको जोखिम न्यूनीकरणका क्रियाकलापमा नागरिकसङ्ग प्रत्यक्ष सरोकार राख्ने नागरिक मञ्चको बेवास्ता, आवश्यक सुरक्षामा ध्यान नदिएका हरेक पक्षसँग प्रक्रियागत ढङ्गले प्रत्यक्ष भेटघाट गरि चेतना जगाउने र सुरक्षाका उपायहरू बताउदै सडकमा यात्रा गरिरहेका नागरिकलाई माक्स वितरण गर्ने अभियानमा जिल्ला प्रहरी प्यूठान खटीएको हो ।


जिल्लाका विभिन्न बजार क्षेत्रमा पुगि अभियानसङ्गै जनचेतना जगाउदै गरेको प्रहरी आज शुक्रबार स्वर्गद्वारी नगरपालिका पुगेको थियो ।
डिएसपी कार्कीको नेतृत्वमा सञ्चालनमा भएको अभियानमा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री, वडा अध्यक्षहरू, बाल सञ्जालका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघको उल्लेखनीय सहभागिता थियो ।

डिएसपी कार्कीले माक्स नलगाई हिडेका नागरिकहरूलाई माक्स वितरण गर्दै यसलाई उदाहरणको रूपमा लिएर सधै माक्स लगाएर हिड्न सबैलाई अनुरोध गर्नुभयो । शारीरिक दुरी कायम राख्न, माक्स लगाएर हिड्न लगाएतका सुरक्षाको उपाय बताउदै डिएसपी कार्कीले यो तपाईंहरूसङ्गै सिङ्गो समाज अनि राष्ट्रको लागि हो भन्नुभयो ।

बाटोमा माक्स नलगाई हिडेका एक वृद्धलाई पनि माक्स दिदै कार्कीले सम्झाएर भन्नुभयो “तपाईलाई कोरोनाले छोयो भने घरमा भाउजूले तपाईलाई नै छुनुहुन्न, आफ्नो ख्याल आफै राख्नुहोस्” ।

जनचेतना कार्यक्रमसङ्गै डिएसपी कार्की आफ्नो मातहतका प्रहरी कार्यलयलाई पनि कोरोना नियन्त्रण कार्यक्रममा खटेर लाग्न, वेवास्ता गर्ने हरेक पक्षलाई तत्काल आवश्यक काम गर्न निर्देशन पनि दिनुभयो । योसङ्गै नगरप्रमुख रोका क्षेत्रीले पनि नगरभित्रका सरोकारवाला निकायलाई आवश्यक निर्देशन अनि अनुरोध गर्दै उद्योग वाणिज्य संघ बजार इलाका भिङ्ग्रीलाई माक्स नलगाई ग्राहकलाई भित्र छिर्न निषेध गर्ने र पसल सञ्चालकहरूले पनि आवश्यक सुरक्षा अपनाउन अनुरोध गर्नुभयो । विहिवार ऐरावती गाउँपालिकामा पनि यो कार्यक्रम गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top