शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

समुदाय स्तरमा कोरोना संक्रमित भेटिएपछि बाग्दुला बजार क्षेत्र शिल


प्युठान ।
प्युठानमा पहिलो पटक समुदायस्तरमै कोरोना संक्रमित भेटिएपछि बाग्दुला बजार क्षेत्र ५ दिन सम्मका लागि शिल गरिएको छ । प्युठान नगरपालिकामा पहिलो पटक कोभिड १९ संक्रमण समुदायस्तरमा देखिएकोले नगरपालिकास्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार प्यूठान नगरपालिका वडा नं ७ र वडा नं ८ बाग्दुला बजार क्षेत्रभित्र शिल गरिएको प्युठान नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वाग्दुला बजार क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु शिल गरिने जनाएको छ । वडा नम्बर ७ मा पर्ने पुण्यखोला क्याम्पसदेखी सारिवाङ, मरन्ठाना खरिबोट देखी धाईरे क्षेत्रसम्म शिल गरिने नगरपालिकाले जनाएको हो । प्युठानमा आज भेटिएका ५ जना नयाँ संक्रमित मध्ये ४ जना क्वारेन्टाइनमा बसेका र १ जना प्युठान नगरपालिका भित्र पर्ने समुदाय स्तरकी युवती रहेकी थिईन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top