
प्युठान, १८ साउन ।
प्युठान नगरपालिका वडा नं २ का वडा सदस्य दुर्गा बहादुर धामीको मृत्यु भएको छ । विगत १ वर्षदेखि पेटको क्यान्सरका बिरामी रहनुभएका ५४ वर्षिय धामीकोे काठमाण्डौ स्थित हरिसिद्धि नेपाल क्यान्सर हस्पिटल भक्तपुरमा उपचारको क्रममा आज विहान ६ बजे मृत्यु भएको हो । मृतक धामीको शवलाई जिल्लामा ल्याए पश्चात भोलि बिहान ७ बजे वडा कार्यालयमा अन्तिम श्रद्धाञ्जली पश्चात दाहासंस्कार गरिने प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । मृतक धामी साविक नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
कमेन्ट गर्नुहोस !