आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

स्वर्गद्धारी नगरपालिकाको नर्सरीमा ५० हजार विरुवा तयार


राधिका भुसाल
प्यूठान । स्वर्गद्धारी नगरपालिका ४ भिंग्री स्थित जिमुरपाटामा निर्माण गरिएको नर्सरीमा ५० हजार विरुवा तयार भएको छ ।
स्वर्गद्धारी नगरपालिकाको ६ लाख बजेटमा निर्माण गरिएको नर्सरीमा चालु आर्थिक वर्षमा विरुवाहरु तयार भएको हो । नर्सरीमा श्रीखण्ड, दाल्चिनी, टिमुर, सिसौ, कोइराल, मस्ला, बगेना, ताइलम, इपिलइपिल, किम्बु लगायतका विभिन्न जातको विरुवा उत्पादन भएका छन् ।
स्वर्गद्धारी सव–डिभिजन वन कार्यालय प्यूठानले उक्त नर्सरीको हेरचार गर्ने नगरपालिका प्रमुख मेयर नेत्र बहादुर रोका क्षेत्रीले बताए । ‘सात रोपनी जमिनमा नर्सरी तयार भएको छ’ नगर प्रमुख रोकाले भने–‘बाख्रा पालन गर्ने व्यवसायीहरुले यस नर्सरीबाट विशेष लाभ लिन सक्नेछन् ।’ मासिक एक हजार भाडा तिर्ने गरी खाद्य संस्थानको भवन उपभोग गरिएको उनले बताए । नगरपालिकाले तारबार गरि बाउन्डिर गराउने, भवनमा शौचालय तथा खानेपानीको व्यवस्था गर्ने लगायतको भौतिक संरचनाको उक्त बजेट खर्चिएको समेत उनले बताए । स्वर्गद्धारी नगरपालिकासंगै माण्डवी गाउँपालिकाको २ वटा वडा नयाँगाउँ र उदयपुरकोटका बासिन्दाहरुले पनि उक्त नर्सरीको कार्यक्षेत्र रहेको उनले जानकारी दिए । खाद्य संस्थानको प्रयोग विहिन रहेको जमिनलाई यसरी सदुपयोग गरि नगरवासीको आवश्यकता पुरा गर्ने कोशिस गर्न पाएको खुसी व्यक्त गरे ।
गत आर्थिक वर्ष २०७५–०७६ मा निर्माण कार्य सुरु गरिएको नर्सरीमा चालु आर्थिक वर्षबाट स्थानियहरुलाई विरुवा वितरण गर्न थालिएको नर्सरीमा कार्यरत सामाजिक परिचालक सिता अधिकारीले बताइन् । ‘हामीले जिल्ला भित्रको विभिन्न ठाउँबाट विउ संकलन गरि विरुवा तयार पारेका हौं ।’– उनले भनिन्–‘ विरुवाहरु राम्रो हुर्केका छन् ।’ नगरवासीहरुले विरुवा लैजान एकदमै उत्साहित रहेको पटक पटक आफुहरुलाई सोध्न आउने समेत बताउछिन् । ‘हामीले यी विरुवा कहिले पाउछौ ? किन्न पर्छ कि निशुल्क पाइन्छ ? के के विरुवा छन् ? भन्दै धेरै जना यहाँ सोध्न आइसक्नु भएको छ ।’ उनले भनिन–‘ आफ्नै ठाउँमा नर्सरी बनेपछि नगरवासीहरु धेरै खुसी हुनु भएको छ ।’ विरुवा लगाउने सिजन बल्ल सुरु भएकोले अहिले वितरण गरिरहेको समेत उनले जानकारी दिइन । नर्सरीबाट विरुवा लैजाने व्यक्तिले आफ्नो नाम ठेगाना दर्ता गरि आफुले लगाउन खोजेको विरुवा निशुल्क लैजान सक्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top