शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

ऐरावती गाउँकार्यपालिकाको बैठक ः विभिन्न निर्णयहरु


प्युठान (ऐरावती )
ऐरावती गाउँ कार्यपालिकाको क्वारेन्टिन व्यवस्थापन, टोल विकास संस्था गठन तथा अन्य समसायिक विषयमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । यस पूर्व क्वारेन्टिनमा बसेका व्यक्तिलाई दैनिक ३ सय ६० रुपिँया दिईदै आएपनि गत जेठ २७ गते पश्चात क्वारेन्टिनमा बस्ने व्यक्तिलाई तीन सय रुपिँया दिने निर्णय भएको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो । यस पूर्व पालिकाले क्वारेन्टिन व्यवस्थापन गर्दै आएपनि अब विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने छ । सोही अनुसार खाना तथा खाजाको पैसा विद्यालयको नाममा रहेको खातामा निकासा गरिने अध्यक्ष शाहले बताउनुभयो ।
त्यस्तै कार्यपालिकाको बैठकबाट यस आर्थिक वर्षमा गाउँपालिकाबाट साना ठुला योजना गरि तीस सय हाराहारी योजनामा गाउँपालिकाद्वारा विनियोजित दुई लाख रुपिँया सम्मका योजनाहरुकोअनुगमन वडा स्तरीय अनुगमन समितिको सिफारिसको आधारमा भुक्तानी गर्ने निर्णय गरिएको छ । गाउँपालिकाका बस्तीहरुलाई थप सुव्यवस्थित, सुरक्षित एवं चलायमान बनाउन टोल विकास संस्थाहरुको गठन गर्ने प्रकृया अगाडी बढाउन टोल विकास संस्था गठन कार्यविधि स्वीकृत गर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोस्रो र तेस्रो प्राथमिकिकरणमा रहेका योजनाहरु तत्काल संचालन गर्ने , कालिका विकास केन्द्र र स्ट्रोमा फाउण्डेशनको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत किशोर–किशोरी संवाद केन्द्रलाई सामाजिक दुरी कायम गर्दै पुनः संचालन गर्ने निर्णय पनि कार्यपालिकाको बैठकबाट निर्णय गरिएको छ । यस माहामारीको अवस्थामा यातायात खर्च सम्बन्धित वडा अध्यक्षको सिफारिसमा भालुवाङ देखि यस गाउँपालिका सम्म आउन लाग्ने रकमको ५० प्रतिशत रकम प्रति गाडी दुई हजार रुपिँया उपलब्ध गराईने पालिका अध्यक्ष शाहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top