शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

‘पूर्णको तरकारीमा लकडाउनको असर छैन’ उत्पादन स्थलबाटै दैनिक २ क्युन्टल तरकारी विक्री


राधिका भुसाल
प्यूठान । जंगलको बीच नदीको किनारमा सेतो प्लास्टिकले बनाएको ठुलै टनेल । भित्र हेर्दा लटरम्म फलेको टमाटर । हुर्कीदै गरेको काक्रा, सिमी । एका छेउतिर फुल्नै लागेको ब्रो काउली र बन्दा । टनेलको वरीपरि विभिन्न जातका तरकारी । छेउमै सानो माटोले बनेको घर । टनेल भित्रको टमाटरले घप्लक्ट ढाकिएका नमाको दम्पतीले रातै पाकेको टमाटरसंग आफ्नो खुसी साट्दै थिए । विगत ३ वर्ष यता व्यवसायी रुपमा तरकारी खेतीका रमाउन थालेका यि दम्पतीलाई लक डाउनको कुनै प्रभाव छैन । विहान उज्यालो भएदेखि आकासमा ताराहरु नदेखिएसम्म तरकारीको टनेल भित्र रमाउन छन् यि दम्पती ।
स्वर्गद्धारी नगरपालिका नौ लामाचौर प्यूठान निवासी पुर्ण बहादुर घर्ती मगरका दम्पतीले लक डाउनकै समयमा आफुले उत्पादन गरेको तरकारी विक्रि गर्न कुनै समस्या नभएको बताउछन् । लामाचौरमा १८ रोपनी जग्गा लिच(भाडा)मा लिएर तरकारी खेती गरिरहेका यि दम्पतीले सुरु देखि नै नगरक्षेत्र भित्रै तरकारी खपत हुने गरेको बताउछन् । ‘३ वटा टनेलबाट टमाटर खेती सुरु गरेको थिए’ पूर्ण घर्तीले भने–‘कृषकलाई सम्मान तथा हौसला दिने चलन नहुंदा सुरुवाती दिनमा कृषि गरेर जीवन चालउन जो कोहीलाई गाह्रो हुन्छ ।’ नगरक्षेत्रलाई केन्द्र विन्दु बनाएर आफुले तरकारी उत्पादन गरेको बताउदैं तराईको विषादीयुक्त तरकारीले गर्दा स्थानिय उत्पादनले भाउ नपाउने बताउछन् । शुभेक्षा कृषि फर्म नामाकरण गरी तरकारी खेती गरेका उनीहरुको सबै जसो तरकारी बारीबाटै विक्रि हुने गर्दछ । लामो समय विदेशी भुमिका दुख्ख गरेका घर्तीले नेपाल फर्किएर वित्तिय संस्थाबाट ५ लाख ऋण लिएर तरकारी खेती सुरु गरेको सुनाए । ‘विदेशमा सुरक्षा गार्डको रुपमा काम गर्थे’–उनले भने–‘फुर्सदको समयमा युट्युवमा कृषि सम्बन्धी स्टोरीहरु हेरेर तरकारी खेती गर्ने प्रेरणा मिलेको थियो ।’ आफ्नौ माटोमा परिवारसंगै रमाउने रहर बोकेर नेपाल फर्केको उनले बताए । करिब एक वर्षसम्म तरकारी खेतीबाट लगानी समेत उठाउन नसकेपछि परिवारले पुनः विदेश नै जान आग्रह गरेको सुनाउदैं निरन्तर आफुले गरेको मेहनतका कारण अहिले परिवारको पनि राम्रो साथ पाएको बताए । माडी नदिको छेउमै आफ्नो तरकारी फर्म भएपनि सिचाईको निकै समस्या रहेको नमा घर्तीले बताइछिन् । उमेर २८ पुगेकी दुई छोरा छोरीको आमा बनेको नमा श्रीमानको मेहनत र लगशीलताबाट परिवारमा खुसी फर्किएको बताउछिन् । ‘विशेद जान मैले पनि दवाव दिएकी थिए’ नमाले भनिन्–‘अहिले कामदार राखेर आफ्नो खेतवारीमासंगै सुख दुख्ख साट्न पाएका छौं ।’ आफुहरु श्रीमान श्रीमति र देवार गरी ३ जनाले बिहान उज्यालो भएदेखि साझ सम्म तरकारीबारी मै काम गर्ने गरेको बताउदैं सासुआमाले घरधन्दासंगै छोराछोरीको स्याहार गर्ने उनले सुनाइन । बारीमा धेरै काम भएको बेला दैनिक ज्यादादारीको रुपमा स्थानियलाई श्रममा लगाउने उनीहरुले खाना खुवाएर मासिक ६ हजार तलबमा एक जनालाई रोजगार दिएका छन् ।
एक सिजनमा १० लाख आम्दानी गर्ने लक्ष्य
विगत ३ वर्ष यता संरचना निर्माण तथा अन्य सामाग्री खरिदका लागि करिब २५ लाख लगानी गरेको बताउदैं भावी दिनमा एक सिजनमै १० लाख आम्दानी गर्ने लक्ष्य लिएको बताए । घर्तीको टनेलमा ४ जातको टमाटर उत्पादन भैरहेको छ । टमाटरलाई मुख्य स्रोतको रुपमा लिएका उनले मौसमी तथा बेमौसमी तरकारीहरु पनि फैलाइ रहेका छन् । अहिले उनको तरकारी बारीमा बन्दा, ब्रो काउली, खुसार्नी, भण्टा, भिन्डी, काक्रा, बोडी सिमिबोडी फलेका छन् । सुरुमा काठमाण्डौ गएर पैसा तिरेर टमाटर खेतीको तालिम दिएको बताउछन् ।
कृषक मैत्री अनुदान छैन, विचौलियले मुख्य समस्या
कृषि प्रदान देश नेपालमा कृषक मैत्री अनुदान नहुंदा कृषिमा युवाहरुको चासो नगएको उनले बताए । सुरुमा मोटो रकम ऋण लिएर खेती सुरुका कृषकहरुलाई सरकारले सही समयमा अनुदान दिन नसक्दा अनुदानको कुनै औचित्य नभएको घर्तीले बताए । पेश्कीको रुपमा अनुदान दिने व्यवस्था गरेपछि मात्रै कृषकलाई सहज हुने उनको भनाई । सरकारको मापदण्ड अनुसारको संरचना बनाउनका लागि चर्को व्याजमा ऋण लिनुपर्दा अनुदान दिने रकम भन्दा बढि खर्च भइरहेको उनले सुनाए । स्थानिय सरकारले कृषिमा गरेको लगानीको उचित आम्दानी हेर्नका लागि सर्वप्रथम विचौलिएको समस्या अन्त्य गर्नुपर्ने उनको सुझाव छ । कृषि क्षेत्रमा यति धेरै लगानी भइरहेको देखाए पनि वास्तविक कृषकले राज्यले दिने सुवाधीबाट बञ्चित भएको उनी बताउछन् । उत्पादनका लागि राम्रो विउपल खरिद गर्नु भन्दा पनि अनुगमन हेर्न र कागज पत्र मिलाउनको धेरै रकम खर्च हुने गरेको उनको भनाइ छ । प्रदेश सरकार र स्वर्गद्धारी नगरपालिकाले दिएको अनुदानले केही हौसला मिलेको उनले बताए । उनको तरकारी फर्ममा प्रदेश सरकार र स्वर्गद्धारी नगरपालिकाबाट अनुगमन गरिएको छ । गत आर्थिक वर्षममा स्वर्गद्धारी नगरपालिका र प्रदेश सरकारबाट १८ लाख अनुदान दिएको स्वर्गद्धारी नगर पालिकाका राजनीतिक सल्लाहकार भिम कालाथोकीले बताए । घर्तीको नगरपालिकाकै सबै भन्दा बढि तरकारी उत्पादन हुने फर्म भएको समेत उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top