मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

मागेको पुग्ने झाक्रिस्थान लक डाउनमा सुनसान


राधिका भुसाल
प्यूठान । प्यूठान जिल्लाको चर्चित धार्मिक पर्यटकीय स्थल झाक्रिस्थान हिजोआज सुनसान बनेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउन भएसंगै मल्लरानी गाउँपालिकामा अवस्थित धार्मिकस्थल झाक्रिस्थान सुनसान बनेको हो ।
मागेको पुग्ने जनविश्वास रहेको झाक्रिस्थानमा शनिवार र मंगलबारको दिनमा पुजापाठ गर्ने भक्तजनहरुको भिड लाग्ने गरेता पनि कोरोना भाइरसको कारण अहिले दशनार्थीहरु नआएको स्थानिय मन्दिर हेरालु राजेश नेपालीले बताए । ‘जिल्ला बाहिरबाट पनि दर्शन गर्न मान्छेहरु आउने गर्थे’– स्थानीयवासी नेपालीले भने–‘लकडाउन भएपछि दर्शन गर्ने मान्छेको संख्या शुन्य जस्तै छ ।’ पहिलेका दिनहरुमा शनिवार पुजा गर्नेहरुको लामो लाइन हुने गरेकोता पनि हिजोआज भने ३–४ जना मात्र आउने गरेको उनले बताए । मान्दिर व्यवस्थापन गर्नका लागि समस्या भएको बताउदैं दानभेटीबाट उठेको रकम समेत एकद्धार प्रणलीबाट खर्च नहुने गरेको उनले बताए । लकडाउनले गर्दा आफ्नो व्यापार समेत नहुदा खाद्यन्न जुटाउन पनि समस्या परेको उनले गुनासो गरे ।
झाक्रिस्थानमा पुग्ने दर्शनार्थीले चिच्चाएर आफुले चाहेको कुरा माग्ने गर्दछन् । वुढापुराना संगै नयाँपुस्तामा पनि झाक्रिस्थानको मोह निकै वढ्दो क्रममा रहेको जानकारहरु बताउछन् । झाक्रिस्थानमा दर्शन गर्न प्युठान जिल्ला संगै जिल्ला बाहिरबााट (रोल्पा, अर्खाघाची) दर्शनार्थीहरु पनि आउने गरेको नेपालीले बताए । झट्ट हेर्दा सामान्य लाग्ने झाक्रिस्थान मन्दिरमा मान्छेहरुको आक्रषण बढ्दै गएकोले सिजनको समयमा हजारौ दर्शनार्थीहरु जाने गरेको उनले बताए ।
झात्रिस्थानमा दैनिक भक्तजनहरु पुजाँआजा संगै बली चडाउन जाने गर्दछन् । सदरमुकामदेखि करिब ३ किलोमिटर हिडेपछि झाक्रिस्थान पुगिन्छ । धेरै लामो समय अघि देखि नै यो ठाउँ परिचित मानिने गरेको खंलगाका स्थानिय बिजयकुमार श्रेष्ठले बताए । उनले भने,–‘धेरै पुस्ता अघिबाट नै यहाँ दर्शनार्थी जाने गर्ने गरेको सुनेको हुँ ।’ दुःख पाएका व्यक्तिहरु समस्या लिएर झाक्रिस्थान पुग्ने गर्दछन् । यो स्थानमा पुगेर मागेको कुरा पुग्ने विश्वासका साथ दर्शनार्थी झाक्रिस्थानमा पुगेको दर्शनार्थीहरु बताउछन् । झाक्रिस्थानमा बोका, कुखुरा, रागो, हाँस, परेवा, पञ्च बलीको बली, मुख्य गरि झाक्रिस्थानमा चामलको पिठोबाट बनाईएको बाक्लो रोटी चढाउने श्रेष्ठले जानकारी दिए ।
गत वर्ष इन्द्रध्वज गण खलंगामा कार्यरत नेपाली सेनाले २ कोठे शौचालय र नुहाउने घर निर्माण गरेपछि टाढाबाट दर्शन गर्न आउने भक्तजनहरुलाई सहज भएको छ । शौचालय अगाडि पानी धारा तथा फोहोर व्यवस्थापन गर्न सकेमा झाक्रिस्थान अझै व्यवस्थित हुने स्थानियवासीले बताउछन् ।
प्यूठानको सबै पालिकामा रहेका पर्यटकीय स्थलहरु लकडाउनको कारण सुनसान बनेका छन् । पर्यटकीय क्षेत्रबाट राज्यको अन्त्रतन्त्रलाई मजवुद बनाउने उदेश्यका साथ स्थानिय तहले आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुलाई मोटो रकम खर्च गरी व्यवस्थित तथा सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिरहेको बेला कोरोना भाइरसले ठुलो क्षति गरेको जनप्रतिनिधिले बताउछन् । नेपाल सातधाम मध्यको स्वर्गद्धारी पनि अहिले सुनसान छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top