आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

‘हामीलाई सुरक्षित ठाउँ चाहियो’ ः क्वारेन्टाइनवासी


राधिका भुसाल
प्यूठान । रातको करिब दुई बजेको थियो । हामी मस्त निद्रामा थियौं । एक्कासी हावाहुरी सहितको पानी ओछ्यानमै प¥यो । बाहिर निस्किदा अन्धकार । अरु साथीहरु के कस्तो अवस्थामा छन् भन्ने समेत थाहा पाएन, क्वारेन्टाइनवासी एक युवाले भने,–‘अब के हुने हो भन्ने त्रास उत्पन्न भईरहेकोबेला अरु साथीहरु पनि कराउँदै बाहिर निस्कनुभयो ।’ लगातार परेको भिषण वर्षासहितको हावाहुरीको कारण मध्यरात पछि उनीहरु सुत्नै नपाएका उनले दुखेसो पोखे ।
बिस्तारा देखी आफुले लगाएको कपडा समेत सबै भिजेपछि रातभर जाडोले थुरथुर काम्दै बस्नुपरेको उनले सुनाए । त्यस्तै अर्का व्यक्तिले थप्दै आफुहरुलाई सुरक्षित ठाउँमा लगेर राखिदिन आग्रह गर्दै आर.डि.टी. रिपोर्ट पोजेटिभ देखिएपछि तनाव भइरहेको अवस्थामा बस्ने बास समेत सुरक्षित नहुँदा आफ्नो स्वास्थ्य अझै जोखिममा परेको बताउछन् । नगरपालिकाले आज नै सुरक्षित ठाउँमा राख्नुपर्ने उनीहरुको माग छ ।
प्युठान नगरपालिका वडा नं २ सिदार्थ सामुदायिक संस्थाको क्वारेन्टाइनमा ५ जना बस्दै आएका थिए । शनिवार १५ दिन पुगेका ५ जनाको आर.डि.टी. टेष्ट गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएपछि ५ जनालाई नै प्युठान नगरपालिका वडा नं ४ स्थित गणतान्त्रिक खेलमैदानको क्वारेन्टाइनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए । यो संगै खेलमैदानमा भारतबाट आएका दुई जना व्यक्ति समेत बस्दै आएका छन् । गएराती परेको पानी र हावाहुरीका कारण क्वारेन्टाईनमा बसेका ७ जना सहित सुरक्षाकर्मी प्रभावित भएका हुन् ।
विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको पहलमा गृहमन्त्रालयको सहयोगमा उपलब्ध भएको ५० बेडको क्वारेन्टाईन इन्द्रध्वज गणमा कार्यरत नेपाली सेनाको सहयोगमा निर्माण गरिएको थियो । जसमध्ये १० बेड बाहेक अन्य सबै पुननिर्माण गर्न नमिल्ने गरि गएरातीको हावाहुरी सहितको पानीले ध्वस्त भएको क्वारेन्टाईनमा बसेका व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी घनश्याम आचार्यले जनाकारी दिए ।
उता प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द्र घिमिरेले नगरप्रमुख सहित तत्काल बैठक बसी उनीहरुलाई सुरक्षित ठाउँमा राखिने बताउदैं आजको घटनाले ठुलो क्षति भएको समेत उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top