
ज्ञानहरि रिजाल
शिक्षक
अमर मा बि मल्लरानी २ चुँजा प्युठान ।
विद्यार्थी वर्ष दिनसम्म विद्यालयमा हामी शिक्षक संग हुन्छन् । वर्षदिन पछि उनीहरुलाई हामीहरु सफल वा असफलको बिल्ला भिराइदिन्छौ । हामी विद्यार्थी के कारणले असफल भयो त्यसको समेत खोजि गर्दैनौ । जब बच्चा असफल हुन्छ उसका पछाडी दुई वटा विकल्प हुन्छन या त विद्यार्थी कक्षा दोहो¥याउने या त विद्यार्थी विद्यालय छोड्छ । कक्षा दोहो¥याउने वा विद्यालय छाड्ने कुराको निर्णय पनि विद्यार्थीले कहाँ गर्न पाउछन र यसबेला अभिभावकहरुले स्वार्थी बनेर विकल्पको छनोट गर्दछन । बच्चालाई विद्यालयमा राख्दा फाइदा हुन्छ वा काममा लगाउदा हामी बच्चामा यसको असर कस्तो पर्दछ भनेर सोच्दा पनि सोच्दैनौ नसोचि निर्णय गर्दछौ ।
जहिले पनि बालबालिका आफ्नै कारणले मात्र असफल हुदैनन् । त्यसका पछि हाम्रो समाज, सामाजिक संस्कार र अभिभावकको भुमिकाले समेत प्रभाव पार्दछ । त्यस कारण “त्यसो भए बच्चा किन असफल हुन्छ ” भन्ने विषयमा अध्ययन गर्दा बच्चा असफल हुनुका एउटा कारण उसको विद्यालयमा हुने उपस्थिती हो । यसमा बालबालिका आफु बिरामी हुँदा, बुवा आमा विरामी हुँदा घरमा काम पर्दा, समयमा खान नपाउदा, राम्रा लुगा लगाउन नपाउदा ऊ विद्यालयमा नियमित आउदैन र उनीहरुको पढाई छुट्छ र विषयवस्तुमा ज्ञान कमी हुन्छ र उसले परिक्षामा राम्रो संग लेख्न सक्दैन र उ असफल हुन्छ । तर बच्चा असफल हुनुमा बच्चाको भन्दापनि अभिभावक र शिक्षकको भुमिका बढी देखिन्छ । तर यसको सजाय बच्चा ले नै पाउँदछ ।
बच्चा असफल हुनुको अर्को कारण हाम्रो शिक्षण तरिका पनि हो । हामी एकाध बच्चाको पढाईलाई लिएर गर्व गर्छौै अनी भन्दछौ हामीले पढाएका बच्चा डाक्टर, इन्जीनियर, पाइलट, आदी भए भन्दछौ । तर हामी कति विद्यार्थीहरु असफलताको कारण विद्यालय आउन छाडे त्यसको हिसाब किताव गर्दैैनौ र सधैभरि उही परम्परागत रुपमा रहेको एकोहोरो रट लगाई रहन्छौ । अनि भन्दछौ पढाई राखेका छौ तर विद्यार्थी पास हुदैन ।
अनि हामी हाम्रो शिक्षण तरिकामा परिवर्तन गर्न तयार हुदैनौ । या शिक्षण विधि भन्दा पनि बालकको रुचि क्षमता चाहना अनुसार शिक्षण गर्नु पर्दछ । भन्ने विषयमा हामीहरुले सैद्धान्तिक बहस चलाए पनि व्यवहारीक प्रयोगमा ल्याउदैनौ र बच्चाको अवस्थाको अध्ययन गरेर शिक्षण नगर्दा विद्यार्थी असफल हुन्छ ।
विद्यार्थी असफल हुनुको तेस्रो कारण हो “विद्यालयमा पढाईको समय कम हुनु हो ” हाम्रा विद्यालयहरु वार्षिक रुपमा २३५ दिन खुल्ने र करिब २१० दिन पढाई हुनपर्ने व्यवस्था भएपनि देशको भौगोलिक अवस्था देशमा हुने विभिन्न प्रकारमा बन्दको कारणले गर्दा विद्यालयहरु १७०÷१८० दिन भन्दा बढी नखुलेको पाइन्छ । अझ हिमाली भेगमा त हिमपातको कारण र अन्य कारणले गर्दा विद्यालयहरु १५० दिन जति खुल्ने गरेको मात्र पाइन्छ । विभिन्न समयमा हुने बन्द हडताल, शिक्षक अनुपस्थिति शिक्षकको अभावका कारणले पनि विद्यार्थीहरु असफल हुन्छन ।
चौथो कारण भाषिक कठिनाई र पढ्ने वानीको कारण पनि बच्चा असफल हुन्छन । बालबालीकाको घरमा बोलिने भाषा र स्कुलमा बोलिने भाषामा फरक भएमा सिक्न कठिनाई हुन्छ । घरायासी बातावरण विद्यालयमा पाउने उत्प्रेरणा दौतरीहरु र संगत आदि कारणले विद्यार्थीहरु पढ्ने बानीमा कमी वा बढी ल्याउन सकिन्छ ।
सिकाईका लागि परिपक्वताको जरुरी हुन्छ । उमेर बढ्दै जाँदा सिक्ने क्षमता पनि बढ्दै जान्छ । हामीबाट विद्यार्थीहरु सिक्न सक्दछन । उनीहरुलाई सिक्ने वातावरण चाहिन्छ भन्दछौ तर यसमा कम उमेरका बालबालिकाहरु भएमा उनीहरु पुर्ण रुपमा सिक्न सक्दैनन् उनीहरु असफल हुन्छन । कतिपय अवस्थामा मानसिक उमेर र शारीरिक उमेर एकै साथ जादैनन् । शाररिक उमेर भन्दा मानसिक उमेर बढी भएमा बच्चाले सार्न उमेरमा सिक्दछ । तर बच्चाको शारिरीक उमेर भन्दा मानसिक उमेर कम भएमा बच्चाको सिकाई ठुलो हुन्छ ।
विद्यार्थीहरुको. मुल्याङकन प्रक्रियाले पनि सफलता वा असफलताको प्रमुख कारण मानिन्छ । शैक्षिक सत्रको अन्त्यमा मात्र गरिने वार्षिक मु्ल्याङ्कनले बच्चा कि त सफल भयो कि त असफल भन्ने जानकारी हुन्छ तर यतिबेला हामी बच्चालाई कुनैपनि किसिमको सहयोग गर्न सक्दैनौ । विद्यार्थी असफल भयो भने यात उ विद्यालय छाडेर अन्यत्र लाग्दछ । र हामी भन्दछौँ बच्चा असफल भयो र कक्षा दोहो¥यायो भने अर्को वर्ष रामे्रा गर्दछ । तर उसमा के कती समस्या आइपर्दछ भन्ने कुराको ख्याल गर्दैनौ र शिक्षाविद्धले यसलाई “म्याद नाघेको औषधि” बताउद छन । यदि विद्यार्थीहरु असफल भएमा त्यसमा शैक्षिक अतिमात्र नभई आर्थिक अतिसमेत हुन्छ ।
बालबालिकाको मनोवैज्ञानिक पक्षको अध्ययन गरी शिक्षण गर्नु पर्दछ । तर यतिले मात्र विद्यार्थी सफल हुदैन । यसमा उसको घरायसी वातावरण सामाजिक, सास्कृतिक, आर्थिक आदि पक्ष पनि साहायक भएर जान्छन । हाम्रो प्रमुख कार्य भनेको विद्यार्थीहरुको मनोभावना बुझेर शिक्षण गर्नु र विद्यार्थीहरुलाई सफलताको विन्दुमा लैजानु हाम्रो दायित्व हो । तसर्थ धेरै विद्यार्थी असफल भए यसबाट देशमा शैक्षिक तथा आर्थिक क्षति भयो । त्यसकारण सरकार कक्षा १—७ सम्म उदार कक्षोन्नतीको नीति अगाडी ल्याएको छ ।
सामान्यतया कुनै विद्यार्थीहरुले राम्रो उपलब्धी हासील गर्न सकेन भने हामी कक्षा दोहो¥याउने सल्लाह दिन्छौ । त्यसमा पनि सानो कक्षामा दोहो¥याउदा विद्यार्थीलाई फाइदा पुग्ने हाम्रो ठम्याई छ । हाम्रो बुझाइमा यसले बालबालिकालाई राम्रो बनाउछ भन्ने हो तर कक्षा दोहो¥याउने कुरा विद्यार्थीहरुका निम्ति “लडाई जित्नु र युद्ध हार्नु हो ”तल्लो कक्षामा कक्षादोहो¥याउने विद्यार्थी मा. वि तहमा आइपुग्दा विद्यालय छाड्ने अवस्थामा पुग्दछन् । त्यसैले प्रा.वि तहमा १ पटक कक्षा दोहो¥याएमा मा. वि तहमा विद्यालय छाड्ने संभावना ३ गुणाले ज्यादा हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने कक्षा छाड्ने र दोहो¥याउने विचमा सम्बन्ध उच्च रहेको देखिन्छ । विद्यार्थीहरु पटक पटक असफल भएमा शैक्षिक उपलब्धी स्तर न्युन हुन्छ । उसमा आत्मविश्वासको कमि हुन्छ । जसले उसलाई सिकाई पक्रियामा रोकावट पैदा गर्दछ । र उनीहरुमा आत्म पहिचान र उत्पेरणा समेत नकारात्मक प्रभाव पर्दछ , उनीहरुको व्यवहार र सोचाईमा “सिकाई असमर्थता” ले जरा गाडिसकेको हुन्छ ।
उ सधैभरि तनावै तनावमा रहन्छ । कक्षा दोहो¥याउने विद्यार्थीहरुमा सामाजिक समायोजनमा कठिनाई पर्ने गरेको छ । उनीहरुमा सामाजिक तथा संवेगात्मक समायोजनमा समस्या आउदछ । उनीहरु आक्रोश हुन्छन आफ्नै उमेर समुहका केटाकेटीहरुबाट अलग हुनेहुँदा साथीसंगको सम्बन्धमा समस्या पैदा हुन्छ । उनीहरुमा व्यवहार जन्य समस्या देखा पर्न थाल्छन र उनीहरु विद्यालयको आचार संहिता विपरीत काम गर्दछन । यसर्थ विद्यार्थी असफल हुनमा कारणको खोजि गरि विद्यार्थीलाई बढी सफल हुने बाटो खोजि भविष्यका निम्ति उनीहरुलाई सहि बाटोमा लैजानमा हाम्रो दायित्व हो ।
कमेन्ट गर्नुहोस !