शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

जन्मदिनको अवसरमा सुमन दिए अशक्त केदारलाई २० हजार सहयोग


प्यूठान , स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापा प्यूठानका अशक्त केदार रोकाको भिडीयो सहितको समाचार पढेपछि निकै भावुक भएको भन्दै स्वर्गद्वारी नगरपालिका वडा नम्बर (४ भिङ्ग्री बजार निवासी युवा व्यवसायी तथा समाजसेवी विचारका धनी सूवर्ण श्रेष्ठ ९ सुमनले रोकाको बासस्थान निर्माण २० हजार नगद सहयोग गरेका छन् ।

वैशाख २३ गते परेको आफ्नी जीवनसंगिनी सुनिता श्रेष्ठको जन्मदिनको अवसरमा विपन्न तथा अशक्त परिवारको खुसीको लागि सहयोग गरेको बताएको छन । जन्मदिनको अवसरमा पाटी गरेर भोज गरेर आफू खुसी हुने होइन अशक्तको आँसु पुछ्नु पर्छ भन्ने मान्यता राख्दै पत्रकार तथा विपन्न परिवार सहयोग अभियानका अभियानकर्ता झइन्द्र भण्डारीमार्फत केदार रोकाको घर निर्माणको लागि . श्रेष्ठले नगद रकम सहयोग गरेका हुन ।
सुमनले भने , ू यो समाजमा हामी धेरैले जन्मदिनको अवसरमा पाटी भोज गरेर धेरै धन खर्च गरेर आफू खुसी हुने अनि खुसी साट्ने काम गर्छौं तर यहि समाजमा कति नागरिक आर्थिक अभावले अत्यावश्यक कुरा नभएर तड्पिरहेका हुन्छन यसले खुसी ल्याउन सक्दैन यस्तो अवस्थामा ती विपन्नको आँसु पुछ्न प्रयास गर्नु पर्छ । ू आफ्नै वरिपरि केदार बासस्थान बिहिन हुँदा आफूहरू पूर्ण घरमा बसेर जन्मदिनको पाटी गर्नुको औचित्य नभएको सुमनले बताए । केदार रोकाको त्यो दर्दनाक स्थितीमा यो सानो सहयोगले मलम लगाउने प्रयास गरेको हो भन्दै सुमनले यो अभियान मार्फत केदारको घर निर्माण कार्यले पूर्णता पाओस भन्ने शुभकामना व्यक्त गरेका छन ।

केदार रोका तथा उनको परिवारले सुमनलाई यो ठूलो सहयोगको लागि धेरै धेरै धन्यवाद भन्दै सुनिता श्रेष्ठलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top