मङ्लबार, साउन ५, २०८३ | Tuesday 21st July 2026

ऐरावतीमा चार सय ४१ परिवारलाई राहत


प्युठान, २२ वैशाख ।
ऐरावती गाउँपालिका बरौला प्युठानले लकडाउनका कारण प्रभावित परेका चार सय ४१ परिवारका लागि राहत स्वरुप खाद्यान्न हस्तान्तरण गरेको छ । सरकारको निर्देशन अनुसार दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न दिन आग्रह गरेसंगै ऐरावती गाउँपालिकाले पनि राहत दिएको पालिका अध्यक्ष नबीलविक्रम शाहले बताउनुभयो । वडा अध्यक्षको मातहतमा राजनीतिक दलका प्रतिनीधिको उपस्थितीमा राहात पाउने व्यक्तिहरुको लगत संकलन पश्चात राहत दिने कार्य सुरु गरिएको उहाँँले बताउनुभयो ।
पालिकाले राहत पनि वडा अध्यक्षको मातहतमा बाढेको अध्यक्ष शाहको भनाई छ । अध्यक्षका अनुसार २५ केजी चामल, ३ केजी दाल, २ पोका नुन र २ लिटर तेल बाडिएको उहाँले बताउनुभयो । वडा नं १ मा ८६, वडा नं २ मा ७५ , वडा नं ३ मा ७४ ,वडा नं ४ मा ७५, वडा नं ५ मा ५६ र वडा नं ६ मा ७५ जनालाई राहत उपलब्ध गराईएको छ । वडाअध्यक्षहरुले परिवार संख्याका आधारमा केहि बढी परिवारलाई समेत राहत दिएको पाईएको अध्यक्ष शाहले बताउनुभयो ।
वडा नं ५ मा रोज एण्ड रोजी कन्ट्रक्सनका सञ्चालक वडा नं ५ झिवाङका मोहन बहादुर बोहोराले गाउँपालिकाको कोरोना रोकथाम, राहत , नियन्त्रण तथा उपचार कोष (विपद् व्यवस्थापन कोष) मा रु १५ हजार रुपिँया सहयोग गर्नुभएको वडाअध्यक्ष चन्द्रबहादुर रोकामगरले बताउनुभयो । साथै रोज एण्ड रोजी कन्ट्रक्सनका सञ्चालक बोहोराले वडा नं ५ सिदुरेडाडामा पानीको समस्यामा रहेका ३५ घरधुरिका जनतालाई एक सय लिटर पानी समेत उपलब्ध गराउनुभएको छ । त्यस्तै वडा नं ५ पकलाका भूपु सुवदार नवराज श्रेष्ठले पनि यस क्षेत्रका विपन्न १६ घरपरिवारका लागि १ महिना पुग्ने खाद्यान्न हस्तान्तरण गर्नुभएको छ । उता वडा नं ४ का वडा अध्यक्ष शंकर भण्डारीले आफ्नो पहलमा चुत्रेनीका ४१ विपन्न घर परिवारलाई चामल,नुन,साबुन र मास्क हरु व्यक्तिगत रुपमा राहत हस्तान्तरण गर्नु भएको छ । देश अहिले विषम परिस्थितिमा गुज्रिरहेको बेला गरिब विपन्न श्रमिक वर्गले अहिले श्रम गर्ने अवस्था नभए पछि वडा अध्यक्ष भण्डारीले राहत सामाग्री हस्तान्तरण गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top