शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

भवन निर्माण गर्न संकलन गरिएको बालुवा गुणस्तरही, तत्काल निर्माण कार्यमा रोक


झइन्द्र भण्डारी 

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ प्यूठानको वडा कार्यालय  र नजिकै रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोचिबाङ्गको भवन  निर्माण गर्न भनेर संकलन गरिएको बालुवा तथा मिस्कटमा अधिकमात्रामा पागो मिसिएको पाईएको छ ।

केही दिन अघि सामाजिक सञ्जालमा बालुवामा मिसावट छ ,यस्तो बालुवाले कस्तो भवन निर्माण होला भन्ने टीकाटिप्पणीहरू आएपछि यसको वास्तविकता पत्ता लगाउनको लागि वडा कार्यालयको समन्वयमा नगरपालिकाले एक विशेष अनुगमन टोलिलाई त्यहाँ निरिक्षण गर्न पठाएको थियो । नगरउप्रमुख गोमा रेग्मीको नेतृत्वमा इन्जिनियर , प्राविधिक तथा पत्रकारहरूको विशेष टोलि बुधबार   त्यहाँको बस्तुस्थिति बुझेर मिसावट भनिएको बालुवाको औपचारिक परिक्षण गरि आएको छ । परिक्षण गर्दा ती भवन निर्माणका लागि संकलन गरिएका बालुवामध्ये तुलनात्मक रूपमा  अरङखोलाबाट उत्खनन गरि ल्याईएको बालुवामा अधिकमात्रामा पागोसहितको माटो मिसिएको पाईएको छ ।

नगरपालिकामा कार्यरत इन्जिनियर मानष थापाको अनुसार बालुवामा ५ प्रतिशतसम्म सिल्ट रहेको  छ भने पनि त्यसलाई निर्माणको लागि उत्तम मानिन्छ तर ८ प्रतिशतसम्म सिल्ट देखिएको बालुवा अथवा मिस्कटलाई निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ यसले खासै असर गर्दैन । इन्जिनियर थापाले १० प्रतिशतसम्म सिल्ट देखिएपनी त्यसलाई धोएर निर्माण कार्यमा प्रयोग गर्न सकिने भन्दै त्यहाँ संकलित बालुवा परिक्षण गर्दा  १५ प्रतिशत सिल्ट रहेको बताए  । नगर उपप्रमुख तथा अनुगमन टोलीका प्रमुख गोमा रेग्मीले कामको जिम्मेवारी लिएका कामदारहरूलाई सम्झाउदै  , ू यो बालुवामा धेरैमात्रामा सिल्ट पाईएको छ ।  यसलाई कुनैपनी हालतमा निर्माण कार्यमा प्रयोग नगर्नुहोस् । यदि गर्नै पर्यो भने पुरै धोएर यसमा रहेको पागोसहितको माटोलाई पखालेर सिल्टको मात्रा ५ प्रतिशतमा झारेर प्रयोग गर्नुहोस् ।ू अनुगमन टोलिका सदस्य तथा बालुवा परिक्षणमा सहयोग गर्नुभएको प्राविधिक मोहोनले यसरी धोएर पखालेर प्रयोग गर्दा घाटा पर्ने राम्रो बालुवाको परिमाण थोरै आउने हुन सक्छ त्यसैले अन्य विकल्प गरि राम्रो बालुवा लिएर निर्माण कार्य गर्न सल्लाह दिए  ।

अधिक गुणस्तरहीन देखिएको बालुवा कोचिबाङदेखी तल अरङखोलाबाट उत्खनन गरिएको छ जुन अवैध पनि छ । योजना तर्जुमा गर्दा माडिखोलाको बालुवा ढुवानीको स्टमेट अनुसार गरिएको छ । योजना तर्जुमा गर्दा एक ट्रीप ढुवानीको ८ हजारको रेट कायम गरि योजना बनाईएको भएपनि अहिले ६ हजारमा माडीखोलाबाटै केही ट्रीप सामाग्री ढुवानी भएको छ । अरङखोलाको बालुवा ढुवानी गर्दा ३२र३५ सयमा एक ट्रीप ढुवानी गरिएको स्थानीयले बताएका छन । रोएल्टी नि तिर्नु नपर्ने खहरे धेरै  खोलाको पागो मिसिएको बालुवा सस्तोमा ढुवानी गर्दा धेरै योजनाभन्दा सस्तोमा पर्न जाने स्थानीयको बुझाई छ ।

निर्माण कार्य उपभोक्ता समितीको मातहतमा भए पनि उपभोक्त समितीलाई यो विषय सम्बन्धि केही जानकारी छैन । निर्माण कार्यमा स्थानीय इश्वर जिसीले सामाग्री खरिदको जिम्मा लिएको वडा अध्यक्ष मेघराज जिसीले बताएका छन । वडा अध्यक्ष जिसीले तत्काललाई काम रोकि सामाग्री परिवर्तन गरेर अगाडि बढाउन अनुरोध गरेका छन ।

त्यही बालुवा प्रयोग गरेर केही कामहरू सम्पन्न भइसकेको बताउदै कामदारका एक सदस्यले सुझावलाई मनन गर्दै त्यो बालुवा प्रयोग नगर्ने बताएका छन  ।   उता वडा अध्यक्ष मेघराज जिसीले लकडाउनको समयममा भवनमा पर्याप्त मात्रामा समय दिन नसक्दा गुणस्तरहिन सामग्री प्रयोगमा ढिलोगरि जानकारी पाएको र तत्काल सामग्री फेर्न निर्देशन दिएको बताए ।

अनुगमन टोलीले प्रतिवेदन बुझाए पश्चात् नगरपालिकाको प्रतिक्रिया आउने नगरपालिकाले जनाएको छ  । निर्माणधिन भवनको लागि ४० लाख बजेट विनियोजन भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top