आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

खेलमैदानमा डेमोस्ट्रेसन प्रदर्शन


राधिका भुसाल
प्यूठान । कोरोना भाइरस संक्रमण बढि रहेको अवस्था प्यूठानमा नेपाली सेनाले डेमोस्ट्रेसन प्रदर्शन गरेको छ ।
प्यूठान नगरपालिका ४ गणतान्त्रीक खेल मैदान विजुवारमा मंगलबार पुर्व नुमना अभ्यास प्रदर्शन गरेको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिडा –१९ ले निम्त्याएको विपत्तिलाई सामना गर्नका लागि पुर्व तयारी रुपमा के के गर्नु पर्छ र के कस्ता सामाग्री चाहिन्छ भन्ने विषयमा डेमोस्ट्रेसन प्रदर्शन गरिएको इन्द्रध्वज गण खलंगा प्यूठानका प्रमुख गणपति अर्जुनविक्रम थापाले बताए ।
गणमा कार्यरत नेपाली सेनाले प्रदर्शन गरेको कोरोना संक्रमण भाइसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा तीन चरणमा अभ्यास गरिएको थियो । पहिलो चरणमा एउटा कुनै नमुना बस्ति बनाइ सो बस्तीमा बैदेशिक मुलुकबाट आएका एक व्यक्तिलाई कोरोना संक्रमणको आंशका गरी स्थानिय क्वारेन्टाइनमा १४ दिन राखियो । क्वारेन्टाइन स्थलमा रहदाँ उक्त व्यक्तिको आर.डि.टी., पि.टि.टि. परिक्षणबाट रिर्पोट पोजेटिभ देखियो । दोस्रो चरणमा थप उपचारका लागि जिल्ला अस्पातल भर्ना गरियो तर सम्पूर्ण स्वास्थ्यकर्मीहरुको अथक प्रयास गर्दा गर्दै उक्त व्यक्तिको निधन भयो । तेस्रो चरणमा कोरोना संक्रमणबाट निधन भैसकेपछि शवलाई कसरी व्यवस्थापन, अन्तिम दाहासंस्कार र त्यसपछि स्वास्थ्यकर्मीहरुले आफुलाई सुरक्षित राख्नका लागि लगाएको पिपिइ सेटलाई उचित ठाउँमा व्यवस्थापन गरेका थिए । यस समयमा परिवारका सदस्यहरुले भुमिका बारे राम्रो अभ्यास देखाइएको थियो । जिल्ला अस्पताल प्यूठानका स्वास्थ्यकर्मी, इन्द्रध्वज गण, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतको टिमले कोरोना भाइरस सचेतनाको लागि कथाबस्तुको सम्पादन गरेको थियो ।
जिल्लाका स्वास्थ्यकर्मीहरु, सुरक्षा निकाय, एम्बुलेन्स चालक, र स्थानिय तहका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखको सहभागीता रहेको डेमोस्टे«सन प्रदर्शन गरिएको हो । उक्त प्रदर्शनले जिल्लाका स्वास्थ्यकर्मी तथा स्थानिय तहले आफुलाई कसरी तयारी रुपमा राख्ने भन्ने विषयमा राम्रो शिक्षा प्रदान गरेको हुनु पर्ने गणपति थापाले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top