शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

सेतुरामद्वारा विपद् कोषमा ५१ हजार बढि रकम सहयोग


झइन्द्र भण्डारी
प्यूठान, स्वर्गद्वारी नगरपालिका प्यूठानले कोरोना भाइरसको रोकथाम तथा लकडाउनको समयमा नगरबासीलाई आइपर्ने संकटको मध्यनजर गर्दै समाधानको लागि खडा गरेको कोरना सङ्क्रमण ,रोकथाम, नियन्त्रण,तथा उपचार कोषमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ जलुके निवासी९ ने।क।पा० प्रदेश कमिटीका सल्लाहकार सेतुराम गोराथोकीले एकाउन्न हजार एक सय एकाउन्न रूपैयाँ नगद दिएर सहयोग गरेका छन । नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीलाई नगद हस्तान्तरण गर्दै गोराथोकीले आफूले दिएको रकम लकडाउनको समयमा विपन्न मजदुरहरूलाई परेको खाद्य तथा अन्य संकटको निराकरण गर्नको लागि तथा नगरपालिकाको कोरोना नियन्त्रण अभियानमा सदुपयोग गर्न अनुरोध गरेका छन । नगद ग्रहण गर्दै नगर प्रमुख रोका क्षेत्रीले गोराथोकीलाई विशेष धन्यवाद दिदै यो संकटको घडीमा हातेमालो गरेकोमा आभार व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top