शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

जनप्रतिनिधिद्धारा घरमै पुग्यो सामाजिक सुरक्षा भत्ता, लक्षित वर्गले भत्ता बुझ्दै मदिरा पिउदै


झइन्द्र भण्डारी
प्यूठान । विश्वव्यापी फैलिएको कोरोना संक्रमणलाई मध्यनजर राख्दै स्थानिय सरकारले सामाजिक सुरक्षा भत्ता लक्षित वर्गको घर घरमा पु¥याएको छ ।
लकडाउनको समयमा नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता घर घर पु¥याएको हो । तर, स्वर्गद्वारी नगरपालिका प्यूठानमा केही व्यक्ति भत्ताको दुरुप्रयोग गरेका छन् । उनले भत्ता बुझेको २ घण्टा पछि त्यही रकमले मदिरा सेवन गरि बेहोसी तालमा बाटामा पल्टीएका हुन्छन । स्वर्गद्धारी नगरपालिका ३ का ४ जना र वडा नं. ६ का ४ जना लक्षित गर्वका नागरिकहरु भत्ता हात पर्नासाथ मदिरा सेवा गरेर लठ्ठीको अवस्थामा बाटोमै पल्एिको स्थानियले बताए । त्यस्तै वडा नं. ७ तापकोटका ३ व्यक्तिहरुले पनि भत्ता बुझेको रकम घरमा पु¥याउन सकेनन् । बजारमा खाद्यान्न अभाव हुन थालेको यो संकटको बेला नागरिकहरु जिम्मेवारहिन हुनु सिंगो नगरपालिकालाई चुनौती थपिएको जानकारहरु बताउछन् । यसरी नगरपालिकामा भत्ता बुझेर नगरपालिकाको चाहाना विपरीत मदिरा सेवन गर्ने, जुवातास खेल्ने जस्ता कार्यमा संलग्न हुनु राम्रो नभएको स्वर्गद्धारी नगरपालिका ३ का वडा अध्यक्ष बासु रेग्मीले बताए । ।
‘यी नागरिकहरूको व्यवहार बुझेर अहिले २ हजार मात्रै दिएका थियौं’– वडा अध्यक्ष रेग्मीले भने–‘बाकी ६ हजार आफन्तलाई दिने अथवा आफै राखिदिने भन्दा मान्दै नमानी सबै भत्ता रकम लगेर गएका थिए ।’ उनले भने, यस्ता घटना त थुप्रै हुन्छन्न् नगरपालिकामा हामीले धेरै रोक्ने प्रयास भइरहेको उनले बताए ।

नगरवासी नागरिकहरूको समस्या निराकरण गर्दै विभिन्न पहलमा सामाजिक सुरक्षा भत्ता बृद्धबृधा, असहाय तथा अशक्तको घरघरमा पुराउने कार्यक्रम जारी छ । वडा अध्यक्ष, सचीव तथा सम्बन्धित व्यक्तिहरू यतिबेला गाउँबस्तीमा घरघरमा पुगि सामाजिक सुरक्षा भत्ता बितरण गर्न व्यस्त छन् । केही नागरिकले भने त्यसको मजाग बनाइ रहेका छन् ।
नगरपालिका नागरिकको राहतको लागि दिनरात, घामपानी नभनी जनप्रतिनिधि, कर्मचारीहरू खटीरहेको यो संकटको घडीमा नागरिकले आफ्नो जिम्मेवार बोध गर्न नसक्नु दुखद भएको जनप्रतिनिधिले बताए ।
विभिन्न पहलकदमी अपनाउदैं यो संकटको अवस्थामा सुरक्षीत रुपमा नागरिकको घरघरमा भत्ता वितरण गर्न सफल भएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताए । तर, नागरिकले भने भत्ता स्वरुप पाएको रकम यसरी दुरुपयोग गरेको घटनाले निकै दुखित तुल्याउने गुनासो पोखे । ‘यो कोरोनाको कहरसङ्गै लकडाउनले जनतालाई पार्ने संकटको मध्य नजर गर्दै कोलनिका, बैकंहरू तथा सरोकारवाला निकायलाई अनुरोध गर्दै नागरिकको घरदैलोमा भत्ता पु¥याउन सफल भएका हौं ।’ नगरप्रमुख रोकाले भने– ‘तर, जनताले नै आफ्नो समस्याको ख्याल नगरी यस्तो हर्कत गर्दा दुख लाग्छ ।’ एकै पटक अलि ठूलो धनराशि पाउने र कसैकसैले एकै महिनामा पुरै रकम सकेर फेरि दयनीय अवस्थामा फर्किने नगरबासीहरूको यस्तो व्यवहारले चिन्ता पारेको उनको भनाइ छ । नगरपालिकाले ९ वटै वडामा गरी यसवर्ष ३ हजार १ सय ६५ जनालाई सामाजिक सुरक्षा भत्ता वापत २ कारोड ५२ लाख २७ हजार ८ सय रकम निकासी गरेको मेयर रोकाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top