शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

प्यूठानमा असिनापानीले गहँुखेती सखाप


राधिका भुसाल
प्यूठान । प्यूठानका अधिकांश ठाउँहरुमा असिना पानीले गहुँखेती सखाप पारेको छ । मंगलबार साँझ देखि लगातार परेको असिना पानीले किसानले उब्जाएको गहुं, जौ बाली नस्ट गरेदिएपछि किसानहरु चिन्तित भएका छन् ।

अर्को सिजनमा लगाउने बीउ समेत बचाउन नसकेको ऐरावतीका कृषक चित्र बहादुर गुरुङ बताए ।
प्यूठान नगरपालिकाको झिमरुक फाँट तिर सामान्य क्षति भएतापनि अन्य सबै ठाउँहरुमा गहुँ, जौ, मकैसंगै बारीमा लगाएको तरकारी र फलफुलमा असिना पानीले क्षति पु¥याएको छ । विश्वभर माहामारी रुपमा फैलिएको भाइरसका कारण बजार खाद्यन्न संकट पार्न थालेको बेला किसानले उब्जाएको अन्नवाली तथा तरकारी फलफुल समेत असिनापानीले खाइदिएपछि थेग्नै नसक्ने पीडा भएको ऐरावती कृषक हिमन्ता गुरुङले बताइन । ऐरावती गाउँपालिकाको सबै क्षेत्रतिर असिनापानीले क्षति गरेको भन्दै भर्खरै फुलखेल्दै गरेको कागती, सुन्लता, मौसमी, आँप, आरु, अमिलो लगायतका फलफुल नष्ट गरेको समेत उनले जानकारी दिइन ।  

त्यस्तै स्वर्गद्धारी नगरपालिकाको विभिन्न स्थानिय असिनापानी गहुँ जौ बाली मनग्य क्षति पु¥याएको माडी क्षेत्रबाट झइन्द्र भण्डारीले जानकारी दिए । गहँु काटेर बारीमा सुकाएको समयमा मंगलबार साझँ एक्कासी हावाहुरी सहितको असिनापानी परेपछि किसानले जोगाउनै नसकेको उनले बताए । उत्तरी प्यूठान झिमरुक गाउँपालिकाको तुषारा, गौमुखी गाउँपालिकाको अर्खा रजवारा, नौ बहिनी गाउँपाकिको स्याउलीवाङ, खवाङ, डामृ लगायतका ठाउँहरुमा असिनापानीले क्षेति गरेको गौमुखी क्षेत्रबाट जोगिन्द्र मल्लले जानकारी दिएका छन् ।
जिल्लाको अधिकाँश ठाउँहरुमा असिनापानीले खेतीवाली फलफुल तरकारी यसरी नष्ट गरेपछि भोकमरीको आउने डर भएको उनले बताए । असिनाले खेतमै झरिदिएपछि गहूँकाृे विउ समेत नबचेको भन्दै किसानहरुले राहत दिनु पर्ने बताएका छन् । प्यूठानका ३ दिन यता लगातार भारीवर्षा हुनका साथै हावाहुरी र असिना परेको छ ।
ऐरावतीका कृषकलाई राहत दिइने
ऐरावती गाउँपालिका क्षेत्रका दुई सय ४० भन्दा बढी किसानले उब्जाएको गहुँ, जौ, मकै, संगै तरकारी र फलफुलमा असिना पानीले क्षेती पु¥याएपछि किसानलाई राहतका लागि पालिका मार्फत विहिवार अनुगमन गरिने भएको छ ।
विपद्को समयमा असिनापानीले क्षेति पु¥याएको क्षेत्रमा अनुगमन गरिने भएको हो । अन्न भित्राउने समयमा क्षेति पुगेपछि किसानहरु चिन्तीत भएका छन । गाउपालिकाको वडा नं १, वडा नं २, वडा नं ३ का बिभिन्न बस्तीका किसानहरुले उब्जाएको अन्नबाली नष्ट पारेको गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताए ।
असिना पानीले क्षेति पु¥याएपछि मान्छे संगै पशुपक्षीलाई समेत पाल्नलाई असहज हुने स्थानियहरुले बताएका छन । साथै पालिकामा असिनापानीबाट हुन गएको क्षेतिको स्थलगत अनुगमन तथा मुल्याङ्कन गर्न बुधवार एक समिति बनाइएको छ । सो समितिले दिएको प्रतिवेदन अनुसार आवश्यक व्यवस्था गर्ने निणर्य गरिएको अध्यक्ष शाहले जानकारी दिए । अनुगमन समितिको संयोजकमा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत रहनुभएको छ भने समितिकोे सदस्यहरुमा विनोद भुसाल, भुपेन्द्र बहादुर आले, दामु विक, सागर रिजाल, सम्बन्धीत वडाका वडा अध्यक्ष, कृषि विकास शाखा प्रमुख रहेका छन् ।
जिल्लाभर कति परिणाम अन्नवाली, फलफलु तथा तरकारी क्षति भएको भन्ने विवरण भने अझै आएको छैन ।
तस्विर सौजन्य ः हिमन्ता गुरुङ ऐरावती क्षेत्र

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top