
राधिका भुसाल
प्यूठान । अष्टे«लियन एडको आर्थिक सहयोग आड्रा नेपाल रुपान्तरण र फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको साझेदारीमा सञ्चालित गोल परियोजनाले स्वर्गद्धारी नगरपालिकालाई आज विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि परियोजनाले नगरप्रमुख नेत्रबहादुर रोकायलाई ६० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
नगरपालिकालाई परियोजना मार्फत पाँच सय थान सर्जिकल मास्क, ग्लोब्स तीन हजार, स्यानिटाईजर १२ लिटर, फिनेल २४ लिटर स्प्रीट २४ लिटर सहयोग गरिएको संस्थाका अध्यक्ष गुणेन्द्रबहादुर बस्नेतले बताए । त्यस्तै गरि संस्थाले स्वास्थ्य कार्यालय प्युठानलाई पाँच सय थान मास्क, तीन हजार ग्लोब्स, फिनेल १२ लिटर, स्प्रीट १२ लिटर सहयोग गरेको छ । साथै कारितास नेपालको सहयोगमा प्युठान नगरपालिकालाई ३९ कट्टा चामल, १२ गत्ता तेल, ५ कट्टा दाल र दुई कट्टा नुन सहयोग गरेको संस्थामा कार्यरत मोहन सुवेदीलले जानकारी दिएका छन् । संस्थामार्फत विभिन्न बस्तीमा सचेतना समेत फैलाएको छ ।
कमेन्ट गर्नुहोस !