आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

प्यूठानका एम्बुलेन्स चालकलाई रामप्रसादद्धारा पिपिई सहयोग


राधिका भुसाल
प्यूठान । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट बच्नका लागि प्यूठान जिल्लाका एम्बुलेन्स चालकहरुलाई आज (मगंलबार) व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट वितरण गरिएको छ ।
प्यूठान जिल्लामा सञ्चालनमा रहेका १७ वटा एम्बुलेन्सहरुलाई एक–एक सेट पिपिई उपलब्ध गराएको प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बताए । ऐरावती गा.पा. प्यूठान स्थायी घरभइ हाल काठमाण्डौं बसोबास गर्दै आएका अन्नपूर्ण इनर्जी कम्पनीका अध्यक्ष एवं समाज सेवी राम प्रसाद आचार्यको सहयोगमा आएको पिपिई एम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरिएको उनले बताए ।

‘एम्बुलेन्स चालकहरुलाई सुरक्षित बनाएपछि मात्र प्यूठानवासी जनताले सेवा पाउनेछन्’– मेयर कक्षपतिले भने–‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत आम जनता सुरक्षित भएपछि मात्र हामी कोरोना भाइरस संग लड्न सक्नेछौं ।’ प्यूठान नगरपालिका मार्फत पिपिई वितरण गर्ने अवसर दिएको भन्दै अन्नपूर्ण इनर्जी कम्पनीका अध्यक्ष आचार्यलाई धन्यवाद दिएका छन् । आचार्यले २० सेट पिपिई सहयोग गरेका थिए ।
आफुहरुको सुरक्षाको लागि पिपिई उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै भोलीका दिनमा काम गर्न सहज हुने जिल्ला एम्बुलेन्स व्यवसायी संघ प्यूठानका अध्यक्ष सुरेश जिसीले बताए । एप्रोन, बुट, चस्मा, गोल्वस्, मास्क र टोपी लगायतको सामाग्री रहेको पिपिइ सेटमा हस्तान्तरण गरिएको हो । जिल्लाको विभिन्न क्षेत्रबाट सञ्चालन हुने एम्बुलेन्सको संख्या २० भएतापनि हाल १७ वटा एम्बुलेन्सहरु सञ्चालनका रहेको अध्यक्ष जिसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top