शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

व्यक्तिगत खर्चबाट खाद्य सामाग्री संकलन गर्दै जनप्रतिनिधिहरु


झइन्द्र भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानका प्राय जनप्रतिनिधिहरूले नगरबासीको खाद्य संकटलाई ध्यानमा राखी व्यक्तिगत खर्चको रूपमा खाद्य सामाग्रीहरू संकलन गरि वितरण गर्ने तयारीमा जुटेका छन ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट सुरक्षीत हुनको लागि र यसको नियन्त्रणको लागि गरिएको लकडाउनले नागरिकहरूमा खाद्य संकट देखिन थालेको छ । अझ विपन्न तथा मजदुर परिवारको लागि त अब छाक नै बस्ने अवस्था आईलागेको छ । यसै समस्याको समाधानको लागि विभिन्न ठाउँमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले त्यस्ता परिवारलाई राहत स्वरूप खाद्य सामाग्री वितरण गर्दै आईरहेका छन ।
यसै अन्तर्गत स्वर्गद्वारी नगरपालिका प्यूठानका जनप्रतिनिधिहरूले पनि आफ्नो व्यक्तिगत खर्चबाट खाद्य सामाग्री संकलन गरि नगरपालिकाको विपद कोषमा जम्मा गरि सकेका छन र यसलाई आवस्यकता अनुसार आजैदेखि वितरण गरिने नगर प्रमुखका स्वकीय सचिब रमेश पोख्रेलले जानकारी दिए । नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले एकद्वार प्राणीबाटै राहत सामाग्री प्याकेजमा वितरण गरिने भन्दै आफ्नो तर्फबाट ५० केजी आयोडिनयुक्त नुन र ३० के जि तेल नगरपालिकाको विपद कोषमा जम्मा गरेका छन भने नगर उपप्रमुख गोमा रेग्मीले ४५ केजि अडरको दाल जम्मा गरेकी छन् ।
नगरपालिकाभित्र रहेका नौवटै वडाका वडा अध्यक्षहरूले व्यक्तिगत खर्चबाट २५ केजि तौलका ५ र ५ ओटा बोरा चामल कोषमा उपलब्ध गराएका छन । वडा अध्यक्षहरूबाट जम्मा भएका ४५ वटा बोरा अनुसार कोषमा १ हजार १ सय २५ केजि चामल संकलन भएको छ ।
यसरी संकलन भएको खाद्य सामाग्री प्रक्रियागत ढङ्गबाट पहिचान भएका विपन्न वर्गले आजैदेखि पाउने नगरप्रमुखको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top