शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

लाहुरे खोज्न सरुमारानीले ग¥यो स्वयंमसेवक परिचालन


प्यार अलि खान
प्युठान, १९ चैत ।
गाउँमा भित्रिएका लाहुरे खोज्न सरुमारानी गाउँपालिकाले स्वंयमसेवक परिचालन गरेको छ । कोरोना प्रभावको केहि दिन अघि र पछि आएका लाहुरेहरुको गतिविधि, स्वास्थ्य अवस्था र पछि आउनेहरुको स्थिति वुझन स्वयंमसेवक परिचालन गरिएको सरुमारानी गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष एंव पालिका प्रवक्ता बसन्त बहादुर जिसीले बताउनुभयो ।
हालसम्मको तथ्यलाई हेर्दा विदेशबाट आएका व्यक्तिहरुबाट नै संक्रमणको खतरा बढेकाले उनीहरुको निगरानी गर्ने तर्फ पालिका सचेत रहेको जिसीको भनाई छ ।घर आईसकेकालाई सेल्फ क्वारेनटाईनमा बसोवासको व्यवस्था गर्ने, आउन लागेका व्यक्तिहरुलाई घर प्रवेश नगर्दै सिधा क्वारेनटाईनमा बसोवासको व्यवस्था गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताउनुभयो । पालिकाका अन्य सबै वडाहरुमा पनि महिला स्वास्थ्य संयमसेविक, जनप्रतिनिधिहरु लगत संकलन गर्ने तर्फ सक्रिय रहेको अध्यक्ष विश्वकर्माको भनाई छ ।
टोल टोलमा सुचना संकलन र जानकारी गराउन तथा अन्य आवश्यक कार्यमा सहयोग पु¥याउन स्वंयमसेवकको जिम्मेवारी हुने छ । वडा नम्बर २ ले १५ जना र वडा नं १ ले ११ जना स्वंयमसेवक खटाएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर १ ले सरस्वती माध्यामीक विद्यालय फोस्राबाङ्खमा क्वारेनटाईन बनाउन आवश्यक गृहकार्य गरिरहेको वडा अध्यक्ष मुकुन्दराज शर्माले बताउनुभयो ।वडा नम्बर २ ले सत्य माध्यामीक विद्यालय ददेरीमा क्वारेनटाईन बनाउने भएको छ भने पालिकाले यस अघि नै वडा नं ४ को रानीकुवामा १२ बेडको क्वारेनटाईन बनाईसकेको छ ।वडाहरुमा दश बेडको क्वारेनटाईन बनाउने योजना रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझिले बताउनुभयो ।
पालिकामा करिब तीन सय ५० जना भारतबाट र आठ जना तेस्रो मुलुकबाट गाउँ प्रवेश भैसकेको रायमाझिले बताउनुभयो । उहाँहरु सबैको अवस्था सामान्य छ,स्वास्थ्य शाखा प्रमुख रायमाझिले भन्नुभयो,–‘कोही कोहीमा सामान्य रुघाखोकी छ। परिस्थिति हेरेर आवस्यक कदम चाल्दैछौ ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top