
झइन्द्र भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानलको नगर कार्यपालिकाको आपतकालीन बैठक बसी कोरोना भाइरसबाट हुने सम्भावित संक्रमणबाट नगरपालिकालाई सुरक्षीत बनाउन र लकडाउनको समयमा नगरबासीहरूलाई पर्ने र परेका विभिन्न संकटहरूको समाधानका लागि विभिन्न निर्णय गरेको छ ।
कार्यपालिकाले कोविड (१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गरेको छ । विपद व्यवस्थापन समितिको खातालाई यस कोषको रुपमा प्रयोग गर्ने नगरपालिकाले जनाएको छ र यस कोषमा नगरपालिकाले २० लाख रुपैयाँ जम्मा गरेको छ साथै सहयोग गर्न चाहाने समाजसेवी महानुभावहरूले यहि खातामा आफ्नो सहयोग जम्मा गर्न सक्ने नगरप्रमुखले बताउनु भयो । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ र वडा नम्बर १ को कार्यालय भवन निर्माणको लागि विनियोजित एक करोड रूपैया मध्य भवन निर्माण गर्दा असी लाख रूपैयाँ खर्च हुने र बाकी रहेको बीस लाख रुपैयाँ यस कोषमा जम्मा गरेको हो ।
व्यवस्थित तथा सुरक्षीत बसाइँको व्यवस्थापन गरि बसेको कार्यपालिका बैठकले नगरपालिका भित्र क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई खाना नास्ता खर्च पनि दिने भएको छ। क्वारेन्टाइनमा बसेका प्रत्येक नागरिकले दिनको रू २५०को दरले १४ सम्मको रू ३५०० खाना खर्च पाउने भएका छन । यसैगरी नगरपालिकाभित्र बिहान मजदुरी गरि साझ खाने , खाद्य संकट परेका विपन्न परिवारलाई नगरपालिकाले खाद्य राहत वितरण गर्न थालेको छ । चार जना सम्म सदस्य संख्या रहेको एक परिवारलाई नगरपालिकाले तत्कालको अवस्थामा २५पन चामल,२ पन दाल १लिटर तेल,१पन तरकारी स्वरुप सोयाबिन ,१ पन नुन र १ पोका वेसार प्रदान गर्ने भएको छ र त्यो भन्दा बढी सदस्य रहेको परिवारलाई संख्या अनुसार राहत वितरण गर्ने स्थानीय सरकारका प्रवक्ता तिलक सुनारले जानकारी दिनु भयो । नगरपालिकाभित्र त्यस्ता खाद्य संकट परेका मजदुर तथा विपन्न परिवारले वडा अध्यक्षलाई सम्पर्क गरि नगरपालिका मार्फत राहत लिन सक्ने नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस !