शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

स्वर्गद्वारीमा क्वारेन्टाइनमा बसेकाको अनुगमन, कुनै समस्या छैन भन्छ्न स्वस्थ्यकर्मी


झइन्द्र भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानका नगरप्रमुख सहितको एक विशेष टोलीले आज नगरपालिकाभित्र विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नागरिकहरूको स्वास्थ्य स्थितिसङ्गै अन्य अवस्थाको अनुगमन तथा परिक्षण गरेको छ ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नगरबासीलाई सुरक्षीत गराउने कार्यक्रम अन्तर्गत बाहिरी मुलुक तथा जिल्ला बाहिरबाट आएका नागरिकहरूलाई विद्यालय लगाएतका सुरक्षीत स्थानहरूलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरि नगरपालिकाले त्यस्ता नागरिकहरूलाई छुट्टै सुरक्षीत साथ क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेका नागरिकहरूको बसाईको अवस्था , सुरक्षाको अवस्था र तिनीहरूको स्वास्थ्य स्थितिको जानकारी ल्याउनको लागि समय समयमा अनुगमन कार्यक्रम गरेको बताउदै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले उनीहरूले आफ्नो ,आफ्नो परिवारमात्र होइन सिङ्गो राष्ट्रलाई कोरोना भाइरसको महामारीबाट सुरक्षीत राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद दिनु भयो ।
नगर प्रमुख रोका क्षेत्रीको नेतृत्वमा नगरपालिकाका स्वास्थ्य संयोजक दल बहादुर के.सी.सहित डाक्टर राजेन्द्र पौडेल र शैलेस , इ .प्र. का .भिङ्ग्रीका सुरक्षा प्रमुख बुद्धि राना, नगरप्रमुखका राजनीति सल्लाहकार गणेशमान कालाथोकी (भिम ) ,पत्रकार ,सम्बन्धित वडा अध्यक्ष लगाएतको विशेष टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा क्वारेन्टाइनमा बसेका कुनै पनि व्यक्तिहरूको स्वास्थ्यमा समस्या नभएको स्वास्थ्य संयोजक के.सी.ले बताउनु भयो ।
उनीहरूको अवस्थाको बारेमा जानकारी लिदै उनीहरूलाई स्वास्थ्य लगायतका अन्य अवस्थाको बारेमा पृष्ठपोषण तथा सल्लाह दिईएको छ ।
झुपाकोट प्रा.वि. स्वर्गद्वारी (६सथापाखर्कमा ८ जना सालबाङ्गको सुरक्षीत ट्याक्टरे गोठमा ३ जना यसै गरि वडा नम्बर ७ को एक गोठमा १ जना वडा नम्बर ४ मा रहेको गंगेश्वरी आधारभुत विद्यालयमा जिल्ला बाहिरबाट आएका ३ जना र छेडापोखरा प्रा.वि मा २ जनालाई क्वारेन्टाइनमा राखिएको छ र उनीहरूलाई अनुगमनको क्रममा केही खाजा नास्ता , साबुन तथा माक्स वितरण गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरूले यसरी गरिएको अनुगमनले आफूहरूलाई झन सुरक्षीत महसुस भएको र कुनै पनि समस्याको डर आफूहरू भित्र नरहेकोले खुसी व्यक्त गर्दै नगरपालिका पूर्ण रूपमा आफूहरूको साथमा रहेकोले हौसला बढेको बताएका छन ।आजफेरी केहि नगरबासीहरू भारतबाट जिल्लाको दरभानसम्म आइपुगेको खबर आएकोले उनीहरूलाई सुरक्षीत साथ नगरपालिकामा ल्याउने व्यवस्था मिलाईसकेको र नगरपालिकाले वडा नम्बर ४ जिमुरपाटामा तयार पारेको क्वारेन्टाइनमा उनीहरूलाई राखिने नगरप्रमुखले बताउनु भयो । नगरबासीहरूको हरेक संकटमा साथ दिने व्यवस्था मिलाईसकेको हुनाले नगरबासीहरूलाई लकडाउनको समय अवधिभर घरमा ढुक्कसँग बस्न अनुरोध गर्दै कुनै समस्या परे एकपटकको सम्पर्क गरे समस्याको समाधान हुने बताउनु भयो । उहाले ,“ भन्नुभयो नगरपालिकाले नगरबासीको संकटको समाधानको लागि पूर्णरूपमा तयारी अवस्थामा सतर्कताको साथ स्ट्यान्डर्ड रूपमा छौ । समस्या देखिए तुरुन्तै समाधान हुन्छ जनताहरू ढुक्क भएर लकडाउनको पालना गरि राष्ट्रलाई सहयोग गर्नुहोस ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top