शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

गणतान्त्रिक खेलमैदान ५० बेड क्षमताको क्वारेन्टाइन बन्यो


राधिका भुसाल
प्यूठान । कोरोना भाइरस कोभिड–१९ रोकथाम लागि प्यूठान नगरपालिका ४ गणतान्त्रिक खेल मैदानमा ५० बेड क्षमता भएको क्वारेन्टाइन आज (बिहिबार) निर्माण गरिएको छ ।
पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको पहलमा गृह मन्त्रालयबाट आएको निर्माण सामाग्रीबाट क्वारेन्टाइन निर्माण गरिएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले बताए । ‘निर्माण सामाग्रीहरु नेपालगञ्ज देखि प्यूठानसम्म शसस्त्र प्रहरीको सहयोगमा आएको हो’नगर प्रमुख कक्षपतिले भने–‘क्वारेन्टाइनका घरहरु इन्द्रध्वज गण प्यूठानमा कार्यरत नेपाली सेनाले निर्माण कार्य व्यवस्थापनमा सहयोग गरेका छन् ।’ शौचालय, खानेपानी तथा अन्य संरचना र स्वास्थ्यकर्मी, बसाइ व्यवस्थापन लगायतका कार्य नगरपालिका आफैले गर्ने उनले बताए । क्वारेन्टाइनमा आवश्यक ५० वटा बेडहरु उद्योग वाणिज्य संघले सहयोग गर्ने भएको कक्षपतिले जानकारी दिए । त्यसैगरी वडा नंं ४ मा पर्ने कालिका विकास केन्द्रको हलमा १२ बेडको, वडा नं. ७ कर्वडहलमा १० बेड र वडा १ र २ लाई मध्यनजर गरी सिद्धार्थ सामुदायीकको हल दाखाक्वाडीमा १५ वेडको क्वारेन्टाइन तयार भैसकेको जानकारी दिएका छन् । भोली शुक्रबार सबै वडामा क्वारेन्टाइन निर्माण गरी नगरपालिका क्षेत्र भित्र कम्तीमा १ सय ५० वेडको क्वारेन्टाइन तयार गरिने नगर प्रमुख कक्षपतिले बताए । यससंगै जिल्ला अस्पताल प्यूठानलाई १० सेट पिपिइ हस्तारण गरेको बताउदैं नगरभित्रका सम्पूर्ण आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि २–२ सेट पिपिइ हस्तान्तण गरेको जानकारी दिए ।
गाउँमा खाद्यन्न पु¥याउदै
नगरपालिका भित्रका बस्तीहरुमा खाद्यान्न पु¥याउने तयारी भइसकेको नगरप्रमुख कक्षपतिले बताए । वडा अध्यक्ष वा नगर उपप्रमुखको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन समिति बनाएर नगरपालिकाकै खर्चमा ढुवानी गरी गाउँ गाउँमा खाद्यन्न पु¥याउने व्यवस्था गरिएको छ । कक्षपतिले नगारवासीलाई जहाँ आवश्यकता पर्छ त्यहाँ स्वास्थ्यकर्मी पठाउने व्यवस्था मिलाएको समेत बताए । विभिन्न मुलुकबाट आएका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्ने भनियता पनि अटेरी गरेको खण्डमा बल प्रयोग गरी क्वारेन्टाइनमा ल्याउन बाध्य हुने बताउछन् । नगरपालिकाले गाउँ गाउँमा कोरोना संक्रमण सम्बन्धि सूचना माइकिङ गर्दै हिडेको छ । नगरक्षेत्र भित्रका वस्तीमा बैदेशीक मुलुकबाट आएका नागरिकको अभिलेख संकलन गर्ने कार्य भैरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top