शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

विदेशबाट फर्केकाको लगत संकलन गरिँदै


बासुदेव गिरी
प्युठान,१२ चैत ।
प्युठान नगरपालिका– ९ र १० ले विदेशबाट आएका मानिसहरूको खोजीकार्य थालेको छ । विदेशबाट मानिसहरू दौिकरूपमा आउन थालेपछि लगत संकलन गर्न लागिएको वडा नम्बर ९ का अध्यक्ष नेहरसिंह केसीले जानकारी दिए । विदेशबाट फर्केकाहरूमा कोरोना भाइरस संक्रमण हुन सक्ने त्राश बढेपछि उनीहरूको लगत संकलन गरी व्यवस्थापन गर्न थालिएको केसीको भनाइ छ ।

अहिलेसम्म वैदेशिक रोजगारीबाट आएका मध्ये २५ जनाको लगत तयार गरिएको स्वास्थ्य चौकी प्रमुख रन्जना केसीले बताइन् । अझै आउने क्रम नरोकिएको र यसले गाउँमा बिकराल समस्या ल्याउन सक्ने भन्दै सबै सचेत रहन पर्ने उनले बताइन् । विदेशबाट फर्केकाको रेकर्ड संकलन गरि घरमै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिसकेको वडा सचीव धुर्व जिसीले जानकारी दिए ।

कतार, दुबई र भारतलगाएतका देशबाट फर्केका उनिहरूलाई घरमै क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको वडाध्यक्ष केसीले जानकारी दिए । विदेशबाट फर्किएकाहरू १४ दिन अनिवार्य रूपमा क्वारेन्टाईनमा बस्नुपर्ने भनिएको छ । बुधबार प्रत्येक वडा टोलमा स्वास्थ्यकर्मीसहितको टोलीले विदेशबाट फर्किएका ब्यक्तिहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी दिने र आ–आफ्नो घरमा अरु संग सम्पर्क नहुने गरी बस्न भनिएको छ । अन्य सबैको विवरण तयार गर्न टोलीलाई जिम्मासमेत दिइएको वडा कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top