शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

‘स्वास्थ्यकर्मीसंगै नेपाली सेना’ विपत्त व्यवस्थापन समितिद्धारा प्यूठान प्रवेशद्धारमा हेल्थ डेक्स स्थापना


राधिका भुसाल
प्यूठान । जिल्ला विपत्त व्यवस्थापन समितिको सत्रियतामा हेल्थ डेक्स स्थापना भएको छ । स्वास्थ्यकर्मीसंगै नेपाली सेनाको सक्रियता र स्थानिय सरकारको सहयोगमा दाङ–प्यूठान प्रवेशद्धारमा हेल्थ डेक्स स्थापना गरिएको हो ।
कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरुमारानी गाउँपालिका २ ददेरीमा सोमबार स्वस्थ्य जाँच तथा परामर्श कक्ष स्थापना गरिएको हो । नोवेल कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिरहेका अवस्थामा प्यूठान जिल्ला पनि उच्च जोखिमका रहेको हुंदा प्यूठान प्रवेशद्धारमा हेल्थ डेक्सको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताए । प्यूठान प्रवेश गर्ने सम्पूर्ण मानिसहरुले तीन सय मिटर अगाडी सवारी साधन रोक्नुपर्ने, सावुन पानीले हात धुने, आफ्नो व्यक्तिगत अभिलेख राख्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्यकर्मीबाट परामर्श लिएर मात्र जिल्ला प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिए । स्वास्थ्य परिक्षण गर्दा कोही शंकास्पत व्यक्ति फेला परेकोमा तत्कालको लागि सरुमारानी गाउँपालिकाले निर्माण गरेको क्वारेनटाईनमा राखिने र सम्बन्धि पालिकालाई खबर गरी जिम्मा लगाउने निर्णय भएको समेत उनले जानकारी दिए । देश र जनताको रक्षाको लागि खटिएको नेपाल सेनाले यो विपत्तको समयमा आवश्यक साथ दिन तयार रहेको इन्द्रध्वज गण प्यूठानका गणपति अजुर्न थापाले बताए । ‘कोरोना संक्रमणबाट बच्च सबै भन्दा उत्तम उपाए भनेकै मावन बीचको सम्पर्क रोक्नु नै हो, उनले भने–‘यो अवस्था सामान्य नभएसम्म कुनै मानवहरुलाई घर बाहिर निस्किन रोक्नु पर्छ ।’ गणपति थापाका अनुसार कोरोना भाइरस रोकथामका लागि नेपाली सेनाका स्वास्थयकर्मी चेकजाँचका लागि हेल्थ डेक्समा खटिरहेकाा छन् ।
हेल्थडेक्स सञ्चालन कार्यलाई व्यवस्थित गर्दै हरेक दिन विहान सात वजे देखी साझ छ वजेसम्म हेल्थडेक्स सञ्चालन हुने छ भने रातिको समयमा सवारी आवागमनमा रोक लगाईने जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताए । उक्त हेल्थडेक्समा जिल्लामा रहेका नौ वटै पालिकाका स्वास्थ्यकर्मीहरु पालैपालो खटाइने स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए ।

त्यसअबसरमा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थि,, स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी बलका प्रमुख, स्थानियतहका जनप्रतिनिधि लगाएतको उपस्थितिमा हेल्थडेक्स सञ्चालनमा ल्याईएको हो । यस्तै हेल्थडेक्स व्यवस्थित बनाउनको लागि सरुमारानि गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष वसन्त जिसीको संयोजकत्वमा समन्वय सचिवालय समिति समेत स्थापना गरिएको छ ।

संक्रमण न्युनिकणका लागि पालिकाहरु सक्रिय
कोरोना भाईरस संक्रमण जोखिम न्यूनिकरणका लागि प्युठान नगरपालिकाको सोमवार बसेको ५० औँ प्युठान नगर कार्यपालिकाको बैठकले विभिन्न निणर्य गरेको छ । जसमा कोरोना संक्रमणबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै रु १० लाख वरावरको विपद् उद्धार कोष स्थापना गर्ने र वडा नम्बर ४ को बाजोबारिमा १० वटा बेड क्षमताको क्वारेन्टाईन निर्माणको लागि प्रक्रिया थालिएको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले बताए ।

यसैविच स्वर्गद्धारी नगरपालिकाले कोरोना भाइरसलाई मध्यनजर गर्दै तीन ठाउँमा हेल्थडेक्स सञ्चालनमा ल्याएको छ । नगरको वडा नम्बर १ को कोचिवाङ, बाह्विसे, वडा नम्बर २ को नस र वडा नम्बर ९को लामाचौरमा सोमवार जिल्लामा कोरोना संक्रमण भित्रिन नदिनका लागि हेल्थडेक्स सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक दलबहादुर केसीले बताए । नेपालमा पनि यस भाइरसको जोखिम बढेपछि बाहिरी जिल्लाबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न थालिएको उनको भनाई छ । साथै जिल्लाका ९ वटै स्थानियतहले संक्रमणबाट सचेत रहनका लागि विभिन्न सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन ।
यसैगरी ऐरावती गाउँपालिकाले आगामी १७ गतेसम्मका लागि पालिका क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको गाउँपालिकाले विज्ञप्ती मार्फत जानकारी दिएको छ । उता नौबहिनी गाउपालिकाले वडा नम्बर ६ बाहानेमा करिव २० जना राख्न मिल्ने गरि क्वारेन्टाइन स्थापना गरेको पालिका अध्यक्ष शिव रिजालले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top