शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

प्युठानमा एसइई दिन आएकी एक बालिकाको बसबाट खसेर मुत्यु


प्युठान, ७ चैत ।
प्युठानमा एसइई दिन आएकी एक बालिकाको बसबाट खस्दा मृत्यु भएको छ । चार गते मंगलवार विहान करिव १२ वजे प्युठान नगरपालिका वडा नम्बर सात पुण्यखोलाबाट वाग्दुलातर्फ जादै गरेको ना ३ ख ३८८३ नम्बरको बसमा चढ्ने क्रममा मृत्यु भएको हो ।

उक्त बसबाट खस्दा गम्भिर घाइते भएकी वडा नम्बर ६ लङक्वाङ निवार्षि १८ वर्षिय सिमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो ।

घाइते बालिकालाई जिल्ला अस्पताल विजुजारमा सामान्य उपचार पश्चात भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुन काठमाण्डौको विउकस हस्पिटलमा उपचारको क्रममा विहिवार मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँको भनाई रहेको छ ।
घट्नाप्रति अनेरास्ववियू र नेवि संघको गम्भिर ध्यानाकर्षण


भण्डारी एसईई परिक्षाको निम्ती पुण्यखोला मिलनचोकदेखि बाग्दुला जाने क्रममा गौमुखी स्वर्गद्वारी यातायात प्रा।लि।को रा ३ ख ३८८३ नंं। को गाडी स्टापको चरम लापरवाहिको कारणले गत चैत्र ४ गते बसको ढोकाबाट खसि गम्भिर घाइते भई उपचारको क्रममा चैत्र ६ गते निधन भएको हुँदा अनेरास्ववियू र ने।वि।संघको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ती मार्फत जनाएको छ ।
यातायात व्यावसायीहरुको लापरवाहि तथा यस प्रकारको रवैयाले आज विद्यार्थी रिमा भण्डारीको निधनले जिल्लाका यातायातहरु चरम लापरवाहि ढङ्गबाट सवारी सञ्चालन गरेको पुष्टि भएको छ भने भण्डारी जस्ता दर्जनौं विद्यार्थिहरुको प्युठान जिल्लामा मृत्यु भएको विज्ञप्तीमा भनिएको छ ।

त्यसैले प्रशासन तथा जिल्लाका सरोकारवाला पक्षहरुले यस घटनाको निष्पक्ष छानविन गरी पिडित पक्षलाई कानुनी राज्यको आभाष गराउनु प्रशासनको दायित्व हो । हाम्रो संगठन अनेरास्ववियू र ने।वि।संघ यस घटनाको निष्पक्ष छानविन गरी पिडित पक्षलाई क्षतिपुर्ति दिलाउन समेत सचेत गराउँदछौं । साथै मृतक रिमा भण्डारी प्रति हार्दिक श्रद्धाञ्जली एवं परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top