शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

नेकपा ऐरावती दुईको छैटौँ बैठक सम्पन्न


प्युठान,४ चैत ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ऐरावती गाउँपालिका संगठन कमिटी अन्र्तगत वडा नं २ बरौला संगठन कमिटी को छैटौं पूर्ण बैठक सोमबार सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष भिमेस कुमार घर्तीमगरको अध्यक्षता , ५ नं प्रदेश कमिटी सदस्य कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला सचिवालय सदस्य एंव गाउँपालिका संगठन कमिटी ईन्चार्ज टिका गुरुङ , सहईन्चार्ज सुरेशचन्द्र थापा , संगठन कमिटी अध्यक्ष एंव पालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत , जेष्ठ कम्युनिष्ट मन्च ५ नं प्रदेश सदस्य ओमप्रकाश श्रेष्ठ, जिल्ला कमिटी सल्लाहाकार भिमबहादुर जिसी सहितको नेताहरु को आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
तीन एकिकृत पार्टी सृदृढिकरण एंव जनसम्बन्ध बिस्तार अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने, पहिलो चरणमा पार्टी संगठित सदस्यहरुको नविकरण गराउने, टोलटोलमा जनसम्बन्ध बिस्तार गर्ने, गाउँभेलाहरु गर्ने, विकासे योजनाहरु संकलन गर्ने, स्थानिय सरकारद्धारा गरिएका कामको मुल्याकन गर्ने लगाएतका निर्णय गरिएको संगठनका वडा अध्यक्ष भिमेसकुमार घर्तिमगरले बताउनुभयो ।
गत फागुन २८ गतेबाट ‘समृद्ध नेपाल सुखी नेपालीको आधार , सुदृढ पार्टी सुशासन र लोक प्रिय सरकार भन्ने नारा लिई अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा जनभेला, प्रशिक्षण, स्कुलिङ लगाएतका कार्यक्रमहरु जनतासम्म पु¥याईने जिल्ला पार्टी संगठन कमिटी सचिव कृष्ण अधिकारी(प्रकाश) ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top