शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

मल्लारानीले १५ लाखको लगानिमा डिजिटल प्रोफाईल वनाउदै


हरि भण्डारी
चैत २ , प्यूठान ।
गाँउपालीका भित्रको वस्तुस्थिती सहित सम्पुर्ण विवरण समावेश गरेर मल्लारानी गाँउपालीकाले १५ लाखको लगानीमा गाँउपालीको डिजिटल प्रोफाईल तयार गर्न थालेको छ। व्यक्तिगत तथा संस्थागत विवरण सहित सम्पुर्ण सुचनाहरु समावेश गरेर डिजिटल प्रोफाईल तयार गर्न थालिएको गाँउपालीकाका अध्यक्ष अमरध्वज रानाले वताउनु भयो। घरको संकेत नम्वरको आधारमा सम्पुर्ण विवरणहरु प्राप्त गरि सोही आधारमा निती कार्यक्रम तर्जुमा गर्न सहज हुने अपेक्षा लिएको अध्यक्ष रानाले वताउनु भयो।

गाउँपालीकाले नेपालको संविधानको धारा २८ र प्रचलित कानुन वमोजिम कुनैपनी व्यक्तिको आवास सम्पत्ति लिखित, तथ्यांक पत्राचार र चरित्रको गोपनियता कायम राख्ने गरि गणकहरुलाई फिल्डमा खटाई गाँउपालीकाको तथ्यांक संकलन गरिने गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले वताउनु भयो। साथै गणकहरुलाई सुचना संकलनमा सहयोग गर्न पनि सवैमा आग्रह गर्नुभयो।

व्यक्तिगत प्रोफाईलमा घर, परिवार, आर्थिक अवस्थादेखी परिवारका सवै सदस्यको सम्पुर्ण जानकारी समावेश गरिने छ भने संस्थागत प्रोफाईलमा संस्थाको अवस्था, क्षेत्र, भौतिक तथा मानव संसाधनको अवस्था लगायतका सवै संस्थागत सुचना राखिने गाँउपालीकाका सुचना प्रविधी अधिकृत सुरेस पोख्रेलले वताउनु भयो। पोख्रेलका अनुसार वैयक्तित प्रोफाईल अन्र्तगत हरेक घरको आआफ्नै जिओ कोड हुनेछ। कोडकै आधारमा गाँउपालीकावाट उपलव्ध हुने सेवा सुविधादेखी सम्पुर्ण सुविधाहरु जिओ कोडकै आधारमा प्रदान गरिने पोख्रेलको भनाई छ।

सरोकारवालाहरु विच अन्तरक्रियाः
डिजिटल प्रोफाईल निर्माणका लागि गाँउपालीकामा रहेका सरोकारवालाहरु विच अन्तरत्रिया कार्यक्रम गरिएको छ। अन्तरक्रियामा सहभागीले गाँउपालीकाको सुचना वाहिर चुहावट नहुने गरि सम्पुर्ण सुचना व्यवस्थित रुपमा संकलन गर्न सुझाव दिएका छन्। कार्यक्रममा वोल्दै गाँउपालीका उपाध्यक्ष सरिता जि.सि.ले डिजिटल प्रोफाईलले वजेट तथा योजना तर्जुमामा सहज हुनुका साथै स्थानिय सरकारका कार्यक्रमहरु जनताको विचमा जान महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिएको वताउनु भयो।
गाँउपालीकाका जनप्रतिनिधी, संघ संस्थासंग सम्वन्धित सरोकारवाला र स्थानियको सहभागिता रहेको कार्यक्रमको संचालन गाँउपालीकाका रोजगार संयोजक अनिल भटराईले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top