शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

झिमरुकमा तीन वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन


प्युठान । झिमरुक गाउँपालिका प्युठानले पालिका क्षेत्रभित्र रहेका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उदेश्यले आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पालिकाका ८ वटा वडा मध्ये स्वास्थ्य सस्था नभएका वडा नं ३ को आहालखोला, वडा नं ४ को गोलखाँडा र वडा नं ८ को टिमुरचौर पुजाँली पोखरामा सेवा केन्द्र सञ्चालनमा ल्याईएको हो ।
पालिकाका बाकी रहेका यी वडाहरुमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि झिमरुकबासीहरु स्वास्थ्य सेवाको पहुँचमा पुग्ने भएका हुन् । पालिकाले स्थानिय जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्न सहज होस भन्ने उदेश्यले भाडाको घरमा सेवा केन्द्र सञ्चालनमा ल्याएको पालिकाका स्वास्थ्य संयोजक विकास केसीले बताए । सेवा केन्द्रमा एक जना अहेव, एक जना अनमी र कार्यालय सहयोगी गरि तीन जनाको कर्मचारी दरबन्दी रहने छ । सेवा केन्द्रबाट खोप सेवा, पोषण सेवा, गर्भवती जाँच सेवा, सामान्य उपचार सेवा लगाएत स्वास्थ्य सम्बन्धी परामर्श दिईने संयोजक केसीले जानकारी दिए ।
सेवा केन्द्रको उद्घाटन गर्दै पालिका अध्यक्ष जिसीले ग्रामिण क्षेत्रमा राज्यले स्वास्थ्य सेवा जस्तो संवेदनशिल सेवालाई नागरिकको नैसर्गिक अधिकारको रुपमा स्थापित गरैसंगै पालिकाले पनि सेवा बिस्तार गरेको बताए । उनले भने,–‘सेवा प्रारम्भ भएसंगै स्थानिय जनताले भरपूर्ण रुपमा सेवा लिने अपेक्षा गरेका छौँ ।’ सबै वडाहरुमा स्वास्थ्य सेवाको पहुँच पुगेपनि यी तीनवटा वडामा स्वास्थ्य संस्था नहुँदा जनतालाई अफ्ठेरो भएकाले सेवा बिस्तार गरेको उहाँको भनाई थियो । भाडामा स्थापना गरिएका स्वास्थ्य केन्द्रलाई निकट भविष्यमा आफ्नै भवनबाट सेवा प्रारम्भ गर्ने उनले प्रतिवद्धता जनाएका छन ।
सेवा केन्द्रको विहिवार गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसी, उपाध्यक्ष पवित्रा जिसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी, सम्बन्धित वडाका वडाअध्यक्ष लगाएतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
झिमरुक गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत कमल प्रसाद भुसालले स्थानीय जनताले झिमरुकका सबै वडामा स्वास्थ्य सेवाको पहुच पुगेकोले सबै जनतालाई सेवा लिन आग्रह गरेका छन ।गाउँमै स्वास्थ्य सेवा केन्द्र स्थापन भए संगै स्थानीय हौसिएका छन ।

अब ६४ वटै वडाका स्थानिय स्वास्थ्यको पहुँचमा
अब जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाका ६४ वटै वडामा स्वास्थ्य सेवाको पहुँच पुग्ने भएको छ । विहिवार झिमरुक गाउँपालिकाका तीन वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेसंगै जिल्लाका सबै वडाका स्थानियहरु स्वास्थ्यको पहुँचमा पुग्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए ।
देशभर एक हजार तीन सय ९० स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने योजना अनुरुप प्युठानमा बाकी रहेका १६ सेवा केन्द्र मध्ये अगिल्लो आर्थिक वर्षमा ५ वटा र चालु आर्थिक वर्षमा ११स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको उनले जानकारी दिए । उहाँका अनुसार अगिल्लो आर्थिक वर्षमा प्युठान नगरपालिकाका २,४,७ र १० वडा र मल्लरानी गाउँपालिका वडा नं १ मा सेवा केन्द्र सञ्चालनमा आएका थिए । त्यस्तै चालु आर्थिक वर्षमा गौमुखी गाउँपालिका वडा नं १, झिमरुक गाउँपालिका ३,४,८ नं वडा, नौवहिनी गाउँपालिकामा ३,७ वडा, सरुमारानी गाउँपालिकामा २,४,६ र स्वर्गद्धारी नगरपालिकामा ३ र ६ वडा स्थापना गरि सञ्चालनमा ल्याईएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुबेदीले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top