शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

सहयोग रकम पाए, अनि मतिको दम्पती मुस्कुराए


राधिका भुसाल
प्यूठान । ‘दिउसो समय थियो । म घर नजिकै ख¥यानमा घास काट्न गएकी थिए । गाउँलेहरुले चिच्याउदै घरजल्यो छिटो आउनुस् भन्दा पत्यार नै लागेन । तर, घर आइपुग्दा त घरगोठ सखाप भैसकेको ।’
प्यूठान नगरपालिका ५ जुम्रीकाँढा पूर्णगाउँ निवासी मति खड्काले त्यो दिन स्मरण गर्दै भनिन् –‘गत मंसिर ७ गते आगोले घर गोठ सखाप पारेको हो । घरमा भएको लत्ता कपडा अन्नपात सबै जलेर जष्ट भयो । दिन प्रतिदिन बढ्दो चिसोको सामना गर्दै घर नजिकै बारीमा मकैको डाँढले बारेको झुपडी माथि प्लाष्टिक लगाएर रातहरु बिताइरह्यो । गाउँ तथा छरछिमेकीको सहयोगले केही हौसला त मिल्यो, तर, गुमाएको धन सम्पति कसरी फकियोस् । घरमा दन्किएको आगो निभाउन खोज्दा श्रीमानको हात खुट्टाको केही भाग नै जल्यो र आहिलेसम्म औषधी सेवन गरिरहनु परेको छ ।’
ति दिनहरुको स्मरण गर्दागर्दै मति खड्काको दम्पतीको हातमा पैसा र ओठमा मुस्कान भरियो । उमेर ६० पार गरेका यि दम्पतीको त्यो पीडाको घाउमा मल्हम लगाउनका लागि नेपाली जनसेवा साउथ इन्डिया तामिलनाडु चेन्नै संस्थामा आवद्ध रहेका नेपालीको पहलमा पठाइएको रु. ३० हजार सहयोग रकम हस्तारण गरेपछि उनीहरु खुसी भए । संस्थाका संस्थापक अध्यक्ष प्यूठान न.पा. ८ खप्रेङखोला निवासी मिठुपुरीको नेतृत्वमा उक्त रकम मतिको घरमै पुगेर (आज) आइतबार हस्तान्तरण गरिएको छ । कामदरको रुपमा चेन्नैमा बसेका नेपालीहरुले मिठो खाने, राम्रो लगाउने पैसा बचाएर विरामीलाई उपचार खर्च, विपत्तमा परेर घरगोठ गुमाएका दुखी पीडितहरुलाई सहयोग पठाउने सम्पूर्णलाई मिठुपुरीले धन्यवाद व्यक्त गरेका छन् ।
आगोलागीबाट ४ लाख ५० हजार ५ सय बराबरको क्षति भएको थियो । गाउँको सहयोगमा घर पुर्ननिर्माण भैसेको छ । अब उक्त रकम मिस्त्रीलाई मतिको दम्पतीले बताए । आगोले घरगोठ जलेका यि दम्पतीलाई प्यूठान नगरपालिकाबाट २५ हजार नगद, जिल्ला प्रशासनबाट ६ हजार र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले एक सेट सामग्री दिएको वडा अध्यक्ष लछुमन भण्डारीले बताए । प्रदेश सरकारले दिने सहयोगबाट घरमा जस्ता लगाउन पहल गरीरहेको बताउदै यदि प्रदेश सरकारले नदिएको खण्डमा वडाबाटै रकम विनियोज गरी घरमा जस्ता लगाइदिने प्रतिबद्ध्ता समेत व्यक्ति गरे । सहयोग दिनु हुने सम्पूर्णलाई टोप बहादुर खड्काले धन्यवाद व्यक्ति गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top