शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

विप्लवको जिल्ला बन्दका कारण यातायात सेवा प्रभावित


प्युठान ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले गरेको प्युठान जिल्ला बन्दका कारण यातायात सेवा प्रभावित भएको छ । जसले गर्दा यहाँका नागरिकहरुलाई आवात जावतमा समस्या भएको छ । शनिवार विहान १० बजे सम्म सवारी साधन सञ्चालनमा आएपनि स्वर्गद्धारी वस व्यवसायी समिति प्युठान र नमस्ते यातायात प्रा.लीलाई लामो तथा छोटा दुरीका यातायात सञ्चालन नगरी सहयोग गरिदिन विप्लप पाटीले आग्रह गरेपछि सवारी साधन बन्द गरेको स्वर्गद्धारी गौमुखी यातायात समितिका कार्यालय प्रमुख घनश्याम घर्तिले जानकारि दिनुभयो । जिल्लामा छिटफुट रुपमा सवारी साधन सञ्चालनमा आएपनि जिल्ला बाहिरीने सवारीका साधन ठप्प भएको उहाँले बताउनुभयो । आम नागरिकहरु सवारी कुरेर चोक चोकमा बसेपनि सवारी साधन चल्न सकेका छैनन् । जसले गर्दा यहाँका नागरिकहरुको जनजीवन प्रभावित भएको छ । श्रम बेचेर जिविका पार्जन गर्ने मजदुरहरुलाई विनाकारण गिरप्तार गरि फागुन ६ गते देखि हिरासतमा राखिएको भन्दै कम्युनिष्ट पार्टी (विप्लव) ले विज्ञप्ती मार्फत प्युठान जिल्ला बन्दको घोषणा गरेको हो । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर चार धनचौर निवासी राम बहादुर वुढा मगर र देउक बहादुर पुन मगरलाई प्रहरीले गिरप्तार गरेको भन्दै उक्त पार्टीले अनिश्चित कालका लागि जिल्ला बन्दको घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top