शुक्रबार, जेष्ठ २२, २०८३ | Friday 5th June 2026

अब नेपालको अर्थतन्त्र पर्यटन केन्द्रित हुनेछ ः पर्यटनमन्त्री गिरी


सागर रिजाल
प्युठान,८ फागुन ।
५ नंम्बर प्रदेशमा उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले नेपालको अर्थतन्त्र पर्यटन केन्द्रित हुने बताएका छन्। विहिवार प्युठान उद्योग वाणिज्य संघको आयोजनामा गणतान्त्रिक खेलमैदान विजुवारमा स्वर्गद्धारी प्युठान चौथो महोत्सवको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । नेपाल कृषि प्रदान देश भएपनि अबका दिनमा कृषिसंगै पर्यटनसंग जोडी पर्यटन केन्द्रित अर्थतन्त्र निर्माण गर्ने उनले बताए । नेपालमा पर्यटनका सम्भावनाहरु थुप्रै रहेको बताउदै मन्त्री गिरी प्युठान पनि पर्यटनसंग जोडिएर आर्थिक आम्दानप्ीमा ध्यान दिनुपर्ने उनले बताए ।
कृषि, वनलाई आधार बनाएर उद्योग सञ्चालन संगै पर्यटनमा जोडिनुपर्नेमा उनको जोड थियो । प्रदेश ५ संग पनि पर्यटनका थुप्रै संभावनाहरु छन्,मन्त्री गिरीले भने,–‘ यसलाई संस्थागत गर्नका लागि केहि समय लाग्दछ ।’ त्यसका लागि सरकारले नीति निर्माण गराएर अगाडी वढनुपर्ने उनले बताए । प्युठानको स्वर्गद्धारी एक पर्यटकीय गन्तव्य भएको स्मरण गर्दै मन्त्री गिरीले स्वर्गद्धारीको विकासका लागि रोल्पाको जलजला, रुकुमको सिस्नेसंग जोडिएर पर्यटक भित्राउन सकिने बताए । त्यससंगै प्युठानका विभिन्न ठाउँमा हिलस्टे निर्माण गर्न सकिने उहाँले बताउनुभयो । झिमरुक परियोजना, नौमुरे परियोजना निर्माण संगै विद्युत उत्पादन, सिंचाई, माछापालन, जलासय निर्माण गर्न सकिने उनले बताए ।
उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहनुभएका गिरीले नीजि क्षेत्रलाई दिल खुलाएर उद्योग र पर्यटन संग जोडिएर अगाडी बढनका लागि उनले बताए । उनले भने,‘प्रदेश सरकारले तपाईहरुलाई साथ दिने छ ।’ उद्योग र पर्यटनको विकासका लागि नीजि क्षेत्रलाई प्रदेश सरकारले साथ दिनका लागि नीति निर्माण गरेको उनले बताए । पर्यटनका क्षेत्रमा सहयोग गर्ने उद्योगधन्दालाइए सड्क, बिजुली, पानी लगाएत भौतिक निर्माणका लागि प्रदेश सरकारले साथ दिने उनको भनाई थियो ।
त्यस्तै मन्त्री गिरीले महोत्सव सञ्चालनले समृद्धलाई साथ दिनुपर्ने बताए । महोत्सवले गर्दा व्यपारिक गतिविधि बढाउनका लागि नागरिकको क्रय शक्ति बढाउनुपर्ने उहाँले बताउनुभयो । उनले भने ,–‘ त्यसका लागि नागरिकसंग पैसा हनुपर्छ ।’ त्यस्तै निर्वाहमुखि कुषि प्रणालीमा नलागेर आम्दानीमुखी कृषि प्रणालीमा जोडिन उनले आग्रह गरे । बैदेशिक रोजगारमा पलायन हुने युवालाई कुषिको माध्यबाट स्वदेशमै स्वरोजगार बनाउन आवश्यक रहेको उनले बताए ।


आर्थिक,सामाजीक,सांस्कृतिक, कृषि, उर्जा एवं पर्यटन लगाएत समग्र क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव फागुन १८ गतेसम्म चल्ने संघका अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिए ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय अनुसार प्युठानमा पनि पर्यटक भित्राउन महोत्सवले सहयोग पु¥याउने अध्यक्ष केदारमान कक्षपतिले बताए । जिल्लाको औद्योगिक,पर्यटकीय,कृषिजन्य एंव विविध सांस्कृतिक तथा धार्मिक धरोहरहरुको प्रवद्र्धन एंव प्रचारप्रसारका माध्यमबाट साना ठूला लगानीकर्ताहरु भित्राउने लक्ष्य रहेको अध्यक्ष कक्षपतिले बताउनुभयो । साथै महोत्सव सञ्चालनले पर्यटन प्रवद्र्धन गर्ने,कृषिजन्य उद्योग स्थापनाका लागि वातावरण निर्माण गर्ने र लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न समेत टेवा पुग्ने लक्ष्य संघले लिएको छ ।
प्युठान उद्योग वाणिज्य संघले २०६५ सालदेखी निरन्तर रुपमा जिल्लामा महोत्सव सञ्चालन गर्दै आएको छ । गणतान्त्रीक खेलमैदान विजुवारमा आयोजनामा गरिने महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित बस्तुहरु, कृषि तथा वनजन्य उत्पादन तथा उपकरणहरु, घरेलु तथा लघु उद्यमका उत्पादनहरुलाई समेत प्रवद्र्धन गरिने संघका अध्यक्ष कक्षपतिले बताए ।
वाणिज्य सभाहल निर्माण गरिने
१० दिन सम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीले संघले बाणिज्य सभाहल बनाउने लक्ष्य समेत रहेको संघका अध्यक्ष एंव महोत्सवका संयोजक कक्षपतिले बताए । जिल्लामा उपयुक्त स्थानको छनौट गरि सुविधा सम्पन्न वाणिज्य सभाहल बनाईने उहाँले बताउनुभयो । त्यस्तै जिल्लामा रहेका पर्यटकीय तिर्थस्थलको प्रचारप्रसार गरिने समेत उनले बताए ।

महोत्सवका आकर्षणहरु
आधुनिक कृषि औजार तथा उपकरणहरुको पर्दशन तथा निशुल्क मर्मत, ख्याति प्राप्त स्थानिय कलाकारहरुद्धारा कलाकारहरु द्धारा दैनिक राष्ट्रभक्ति चेतनामुलक तथा सांस्कृतिक प्रदर्शन रहने भएको छ । जिल्लाका स्स्थानिय कला र प्रतिभाको प्रस्फुटन गर्दै जिल्ला स्तरिय लोकदोहोरी गित तथा लोकनृत्य प्रतियोगता, ऐतिहासिक तथा परम्परागत सामाग्रीको प्रदर्शन एवं मौलिक खाना तथा चमेना गृह, जिल्लाको सस्कृति झल्काउने विविध झाकि सहित ऐतिहासिक प्युठानि सराय नाच र हनुमान नचाउने लगाएतका आकर्षणका महोत्सवमा राखिने महोत्सवका कलाकार व्यवस्थापन संयोजक एंव संघका वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर केसी(प्रभात) ले जानकारी दिए ।
८ करोडको कारोबार हुने अपेक्षा
१० दिनसम्म चल्ने महोत्सवबाट एक लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा लिएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ । महोत्सव अवधिभर करिब आठ करोड वरावरको कारोवार गर्ने, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्धन गर्न क्रेता तथा विक्रेतालाई एकै थलोमा जमघट गराउन मद्धत पुग्ने महोत्सवबाट अपेक्षा गरिएको छ । यसैगरी महोत्सवबाट भारतको सिमाना काईलावास देखि प्युठान हुदै मुस्ताङको मुक्तिनाथबाट चीन जोड्ने त्रीदेशिय मार्ग र स्वर्गद्धारी विमानस्थल यथासक्य निमाणकार्य सम्पन्न गर्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउदै जिल्लामा अन्य विकास निमार्णका काममा सरकार समक्ष पहल गरिने जनाईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top