शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

निशुल्क शिक्षाको रकम फागुन महिनाभर फिर्ता गर्छौ ः नगरप्रमुख कक्षपति


प्युठान,८ फागुन ।
प्युठान नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७ को बजेट पारित गर्दै एक देखी १० कक्षा सम्म निशुल्क शिक्षाको अवधारणा पारित गर्यो । शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले नगरपालिकाले गरेको निर्णयको कार्यान्वयनमा केहि ढिलाई भएपनि फागुन महिनाभर कार्यान्वयन गरिने नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । नगरक्षेत्रका ५२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखी १० कक्षा सम्मका विद्यार्थीबाट भर्नाका समयमा उठाईएको शुल्क फागुन महिनाभर फिर्ता गरिने कक्षपतिले बताउनुभयो । विभिन्न सञ्चार माध्यममा निशुल्क शिक्षा कार्यान्वयनमा ढिलाई भन्ने समाचार आईरहेका समयमा उहाँले सञ्चारकर्मीलाई विभिन्न समस्याले ढिलाई भएपनि यहि महिनाभर कार्यान्वयन हुने बताउनुभयो ।

नगरपालिकाले आन्तरिक श्रोतबाट विद्यालयलाई रकम फिर्ता दिने निर्णय भएको थियो ,नगरप्रमुख कक्षपतिले भन्नुभयो,–‘ चालु आ.व.को सुरुमा आन्तरिक पैसा भएन त्यसैले शुल्क फिर्तामा ढिलाई भयो ।’ हाल आर्थिक संकलन भएको छ यस महिनाभर शुल्क फिर्ता गर्ने नगरप्रमुख कक्षपतिले बताउनुभयो । निशुल्क शिक्षाका सामुदायिक विद्यालयका १० हजार विद्यार्थीबाट उठाइएको ६३ लाख रुपिँया फिर्ता गरिने छ । अब आउने दिनमा कुनैपनि बालवालिका शिक्षा आर्जनवाट टाढा नहुने अपेक्षा नगरपालिकाले गरेको छ । विद्यालयले उठाएको शुल्कलाई शिक्षाको अभिवुद्धि गर्ने, गुणस्तर वढाउने तथा विद्यालयहरुलाई अनुदानका रुपमा दिने नगरप्रमुख कक्षपतिले बताउनुभयो ।
प्युठान नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तीन वर्षको नगर शिक्षा योजना अघि सारेको नगरप्रमुख कक्षपतिले बताउनुभयो । शिक्षा योजना मार्फत भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर बृद्धि , एक वडा एक नमुना विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउनका लागि चालु आर्थिक वर्षमा कामहरु भईरहेको उहाँले बताउनुभयो ।
अनुदानमा शिक्षक
नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि गराउने उदेश्यले शिक्षक कमी भएका विद्यालयमा अनुदानमा शिक्षक राखेको छ । गत वर्ष देखी नै अनुदानमा शिक्षक राखिएको नगरप्रमुख कक्षपतिले बताए । नगरपालिकाले चालु आवमा शिक्षक अनुदानका लागि एक करोड ३० लाख रुपिँया बजेट विनीयोजन गरेको छ । दरबन्दी कम भएका विद्यालयमा अनुदानका शिक्षक राखिने नगरप्रमुख कक्षपतिले बताउनुभयो । यसले सामुदायिक विद्यालयमा पनि शिक्षाको गुणस्तर राम्रो बनाउने उहाँले बताउनुभयो । अनुदानमा राखिएका शिक्षकहरुले प्रावि तह १२ हजार, निमावि तह १५ हजार र मावि तह २५ हजार रुपिँया मासिक पाउने छन् । नगरपालिकाले प्रावि,निमावि र माध्यामिक विद्यालयका लागि ७० जना अनुदानमा शिक्षक भर्ना गरेको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।

नगरपालिका चालु आवमा शिक्षा क्षेत्रमा अरु कार्यक्रम संगै दिवा खाजा कार्यक्रम, छात्रवृति, लेखा व्यवस्थापन तालिम, सूचना तथा सञ्चार प्रविधि तालिम, विद्यालय व्यवस्थापन समितिलाई तालिम, शिक्षकलाई तालिम, विद्यार्थी मुल्याकन, अनुगमन लगायत कार्यक्रमलाई समेतका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ ।
पत्रकार सागर रिजालको सहयोगमा

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top