शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

विप्लप निकट यूवा संगठनका सचिव भैयाले पार्टी छाडे


प्युठान, ३ फागुन ।
प्युठानको ऐरावती गाउँपालिका वडा नं २ का कुमार भैया मगरले आफु कुनै पनि पार्टीमा नरहेको बताएका छन् । गत माघ २१ गते माण्डवी गाउँपालिका धनचौरमा विप्लव समुहका कार्यकर्ताहरुको जिल्ला युवा भेलामा आफु सहिद परिवारको नाताले उनिहरुले समुहलाई सहयोगको नाममा विप्लव समुह अन्र्तगतको यूवा संगठनको सचिव पदमा राखिदिएको भन्दै मगरले विज्ञप्ती मार्फत आपत्ति जनाएका छन् ।
त्यस्तै मगरले आफु कुनै पनि पार्टीको सदस्यता समेत नलिएको र पार्टीको बारेमा पनि कुनै पनि चासो नभएको उनले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । उनले विज्ञप्तीमा भनेका छन्,–‘ मेरो चाहाना विपरीत भएकोले म सामान्य किसान गर्ने नागरिकलाई जालमा पारि फसाउने काम गरेको हुदा मेरो पार्टीमा कुनै पनि सहयोग र समर्थन छैन ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top