शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्रदेश ५ स्तरिय बाल सञ्जाल गठन


कपिलबस्तु, २ फागुन ।

सामाजिक बिकास मन्त्रालय प्रदेश ५ ले प्रदेश स्तरिय बालसञ्जाल गठन गरेको छ । बालबालिहरुको चौतर्फी बिकासका लागि प्रदेश नं ५ ले १५ सदस्यीय प्रदेश स्तरिय बालसञ्जाल गठन गरेको हो । सञ्जालले कपिलबस्तु की गायत्री गुप्तालाई अध्यक्षमा चयन गरेको छ । जसमा उपाध्यक्ष रोल्पाका मिलन बुढा मगर , सचिवमा दाङकी सर्मीला कुवर , सह सचिवमा प्युठानका सुवास सुबेदी रहेका छन् । भने सदस्यहरुमा पूर्ब रुकुमबाट २ जना , नवल परासीका १ जना , पाल्पाका १ जना , बाँकेबाट १ जना , रुपन्देही २ जना , गुल्मी १ जना , अर्घाखाँची १ जना , बर्दीया १ जना र बाँके जिल्लाबाट १ जनालाई पछि मनोनित गरिने सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेश स्तरिय बालसञ्जाल गठन पश्चात सञ्जालको प्रथम बैठक गायत्री गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ । नव गठित सञ्जालका सदस्यहरुले प्रदेश नं ५ भित्रका बालबालिकाहरुको सवालमा पैरवी गर्ने , बाल हिंसा , दुरब्यबहार र शोषण मुक्त प्रदेश निर्माण गर्न तथा बाल अधिकारको संरक्षणकोलागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन् ।
महिंला तथा बालबालिका कार्यालय बिघटन भए संगै जिल्ला बालकल्याण समिती नरहे पछि बालबालिका ऐन २०७५ प्रदेश ५ ले ल्याईसकेको छ । जस अनुसार जिल्लामा रहेका सबै पालिकाहरुलाई समेटेर लैजानका लागि १२ वटै जिल्लामा रहेका बालबालिकाका समस्याहरु वाल विवाह, वाल श्रम तथा वालवालिकाहरु माथि हुने विभिन्न अन्याय, दुव्र्यवहारको अन्त्य गरि आफ्नो अधिकार खोज्नका लागि वालवालिकाहरुलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

कार्यक्रममा १२ वटा जिल्लाका ६० जनाको सहभागिता रहेको थियो भने ६ जिल्लाका सामाजिक डिविजन कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण बालमैत्री स्थानिय सासन तालिम राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवे, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल र युनिसेफ बाट प्रकाश कैनीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रम सामाजिक बिकास मन्त्रालय प्रदेश ५ को आयोजना दुई दिने भेला तथा अन्तरक्रिया कार्यक्रम कपिलबस्तुको बाणगंगा नगरपालिका १ बैरियामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top