शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

जेष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माणले अन्तिम रुप लिदै


प्युठान,२५ माघ ।
प्युठानमा जेष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणले अन्तिम रुप लिंदैछ । प्युठान नगरपालिका–४ प्युठान नगरपालिकाको कार्यालय नजिक निर्माण हुन थालेको सो भवन अत्याधुनिक सुबिधा सम्पन्न हुने भएको छ । जेष्ठ नागरिक जिल्ला संघ,वयोबृद्ध अनाथ संरक्षण मञ्चको सयुक्त पहलमा निर्माण हुन लागेको जेष्ठ नागरिक संघका अध्यक्ष गेहराज पण्डीतले जानकारी दिए । गत वर्षको असार ४ गते सम्झौता भई केन्द्रको निर्माण कार्य थालनी गरिएको हो ।
भवन साढे चार रोपनी जग्गामा ्र निर्माण हुँदैछ । महायज्ञबाट उठेको रकम, नगरपालिकाको ४० लाख र अन्य सरकारको लगानीमा निर्माण हुने अध्यक्ष पण्डितले जानकारी दिए । भवन डिभिजन कार्यालय रोल्पामा सम्झौता भएको र हाल दांङबाट काम हुँदै आएको छ । उक्त केन्द्रमा एक वटा हल, जेष्ठनागरिक बस्ने कक्ष, प्रशासनिक भवन, किचन भवन, भजनकृतन गर्ने भवन, पालेघर, प्रतिक्षालय, गेट बाउन्डी लगाएतका ३२ बेडे कक्षको संरचना बन्ने अध्यक्ष पण्डितले जानकारी दिए । सम्झौता भवन डिभिजन कार्यालय रोल्पाबाट निर्माण कार्यको सम्झौता भएपनि कार्यालय फेरबदल भई दाङ जाँदा सुरुमा काम नभएको निर्माण कम्पनी जोशी कन्टक्सनका सञ्चालक अस्वीन राउतले जानकारी दिए । सुरुमा काम गर्न नपाउँदा ८ महिना पछि मात्र निर्माणको काम थालिएको उनले बताए । प्युठान नगरपालिका जेष्ठ नागरिक जिल्ला संघ लगाएतको रोहवरमा आठ महिनापछि मात्र निर्माणको काम सुरु भएको उनको भनाई छ ।

भवन डिभिजन कार्यालय दाङको ७५ लाख ५० हजार नौ सय २९ रुपैया लागतमा सेवा केन्द्र निर्माण हुन लागेको हो । उक्त केन्द्र निर्माण पश्चात अशक्त जेष्ठ नागरिकहरुलाई राखिने संघका अध्यक्ष पण्डितले जानकारी दिए । केन्द्र मार्फत जेष्ठ नागरिकहरुका हक हितका कुराहरु, उनीहरुको स्वास्थ्य परिक्षण, भावनात्मक कुराहरु आदानप्रदान गर्ने उदेश्यले केन्द्र निर्माण गर्न लागिएको उनले बताए । भवन निमार्णकै क्रममा रहेकाले सरकारको सहयोग, यसको व्यवस्थापनका पक्षहरुमा अझ छलफल गरेर संरचनाहरु निर्माण गरिने उनको भनाई छ ।
हाल निमार्ण कार्यको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । असार मसान्तसम्म काम सकाउने निर्माण कम्पनीले बताएको छ । केन्द्रलाई व्यवस्थापनको लागि हरेक निकाय, संघसंस्था, सरोकारवाला निकायहरु संग छलफल गरिने अध्यक्ष पण्डीतले बताए । संविधानमा उल्लेख भए अनुसार अनाथ जेष्ठ नागरिकहरुलाई केन्द्रमा राखिने उनले बताए । केन्द्रमा ज्येष्ठ नागरिकहरू जम्मा हुने र आफ्ना दुख सुख तथा अनुभवहरू साटासाट गर्ने थलोको रुपमा विकास गरिने उनले बताए । अहिलेको समयमा एकल परिवारका नाममा जेष्ठ नागरिकलाई अपहेलना र अपेक्षा गर्ने प्रवृति बढ्दै जान थालेको भन्दै यसले जेष्ठनागरिकहरुका लागि महत्वपुर्ण भुमिका खेल्ने उनले बताए केन्द्रमा सात वटा गाउँपालिका र दुई नगरपालिका भित्र रहेका जेष्ठनागरिकहरुका लागि सञ्चालनमा आउने उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top