
प्युठान,२३ माघ । समुदाय प्रहरी साझेदारी अभियान अन्र्तगत प्रहरी चौकी बरौलाको नेतृत्वमा पुरनठाँटी स्वास्थ्य चौकीको सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको नियमित कार्यक्रम अनुसार स्वास्थ्य चौकीको सरसफाई गरिएको हो । चौकीका ईन्चार्ज बासुदेव खड्काको नेतृत्वमा प्रहरी, स्वास्थ्य चौकीका कर्मचारी, जनप्रतिनिधि, स्थानिय व्यपारीको उपस्थितीमा सरसफाई गरिएको हो । स्वास्थ्य चौकीका बाह्य क्षेत्रहरु नाला, कमपाउण्ड क्षेत्र वरिपरि भएका फोहोरहरु व्यवस्थापन गरिएको हो ।

प्रहरी चौकी बरौलाले आफुले हेर्ने कार्यक्षेत्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई समेत प्रभावकारी रुपमा अगाडी बढाएको छ । हालसम्म दुई हजार एक सय घरधुरीमा पुगी सन्देश प्रवाह गरेको ईन्चार्ज खड्काले बताउनुभयो । अभियान अन्र्तगत जनताको घरदैलोमा पुगि बालविवाह, बहुविवाह, घरेलु मदिरा हिंसा लगाएतका विषयमा जनचेतना फैलाएको उहाँले बताउनुभयो । पहिलेका समयमा प्रहरी देख्दा डराउँने स्थानियहरु हाल प्रहरीसंग सहकार्य गर्ने क्रम बढेको उहाँको भनाई छ । यसले गाउँघरमा हुने घटनाहरु छिटै प्रहरी समक्ष आउने उहाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !