
प्युठान,२२ माघ ।
माण्डवी गाउँपालिकाको सातौ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । मंगलबार र बुधवार गरि दुई दिन सम्म चलेको गाउँसभाले विभिन्न विधेयकहरु पारित गरेको छ । गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षता भएको गाउँसभाबाट ६ वटा ऐन पास भएका छन् । जसमध्ये माण्डवी गाउँपालिका विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक,संस्था दर्ता विधेयक, आर्थिक सहायता कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, तथ्याकं तथा अभिलेख व्यस्थापन विधेयक, सार्वजनिक निजी साझेदारी विधेयक, संस्था दर्ता ऐन गाउँसभाबाट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए । पालिकामा आवश्यकता अनुसार आवश्यक ऐनहरु पास गरेको उनले बताए । उनले भने,–‘पास भएका ऐनबाट हामीहरुलाई काम गर्न सहज हुनेछ ।’
यसैगरी गाउँसभाबाट चालु आर्थिक वर्षमा कर्मचारीको लागि भनेर छुट्याएको बजेट कर्मचारी गाउँपालिकामा नआएका कारण बचेको ५३ लाख रकमलाई योजनागत रुपमा बाडफाँड भएको छ । जसअन्र्तगत वडागत रुपमा शिक्षा, स्वास्थ्य, कृषि, सडक निमार्णमा लगाएतका क्षेत्रमा सो बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत रिजालले बताउनुभयो । यस अघि गाउँपालिकामा जस्ता पाता खरिदको कार्यक्रमबाट ६६ लाख बचत भएको बजेट पुन जस्तापाता खरिदकै कार्यक्रम गर्ने निणर्य भएको पनि उहाँले बताउनुभयो । यसैगरी गाउँपालिका भित्र रहेका एस.इ .ई सञ्चालन हुने सम्पुर्ण सामुदायिक विद्यालयमा कोचिङ आवास सहितको कक्षाको व्यवस्थाका लागि आवश्यक पर्ने रकम करिब पाँच लाख गाउँपालिकाले व्यवस्थापनका लागि छुट्यार्ईएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष ०७६÷०७७ का लागि पालिकामा सम्पुर्ण कोष भनेर छुट्टाईएको ४३ लाख रुपिँया मध्ये २० लाख माण्डवी माध्यामीक विद्यालयमा बस खरिदका लागि सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । त्यस्तै उदयपुरकोट दरबारको गुरुयोजना निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट आएको ९५ लाख रुपियाँमा रु २० लाख गाउँपालिका कोषबाट विनियोजन गरेको उनले बताए । यसैगरी सभाबाट समसामयिक विषयमा छलफल हालसम्मका कामहरुको समिक्षा ,कार्यपालिकाले गरेका नीतिगत निर्णय, कार्यविधि, निर्देशिका लगाएतका निर्देशिकाहरुलाई पुन सर्मथन गर्दै गाउँसभाबाट पास गरेको उनको भनाई छ ।
कमेन्ट गर्नुहोस !