
प्युठान,२१ माघ ।
देशभर पर्यटन प्रर्वद्धनका लागि होमस्टेको लहर चलिरहेको बेला प्युठान नगरपालिका वडा नम्बर तीनको डाडाँगाउँ कुमाल वस्तीमा पनि होमस्टे सञ्चालन हुने भएको छ । रातामाटाका कुमाल वस्तीमा रहेका समुदायलाई होमस्टे सञ्चालनको जिम्मा दिइने नगर प्रमुख अर्जुन कुमार कक्षपतिले बताए । जिल्लामा आन्र्तरिक र बाह् पर्यटकलाई यहाँसम्म आएर अवलोकन गर्नको लागि सहज हुने भन्दै होमस्टे सञ्चालनमा ल्याउन लागिएको बताए । जिल्लामा यहि आउदो असार सम्ममा सञ्चालनमा ल्याउने गरेर सञ्चालनको तयारी थालिएको उनको भनाई छ । तत्काल बैठक मार्फत प्रदेशमा प्रस्तावना पेश गर्ने, संस्था दर्ता गर्ने, व्यवस्थापनका पक्ष र बतासेडाडाँ कुमाल गाउँ सामुदायिक होमस्ट्रे नामाकरण गर्ने निर्णय समेत भएको जानकारी दिए । सञ्चालन पश्चात होमस्टेमा स्थानियस्तरमा उत्पादित वस्तुहरु लोकल कुखुरा, आटो ढिडो, सिङकी, कोदोको रोटी लागएत परिकारको व्यवस्थापनहुने जानकारी दिए ।
विभिन्न पर्यटकीयस्थलको अवलोकन गर्न सकिने
होमस्टेबाट पर्यटकीयस्थल भित्रिकोट, लिस्ने, वाइसधारा, बुलवुले, झुलेनिबाट हिमाल हेर्न सकिने, धौलागिरी, माछापुच्छे, भित्रिकोटका दरबार, रानि गुफा लगाएतका ठाउँमा सजिलै अवलोकन गर्न सकिने भएकाले यहाँ होमस्टेको सम्भावना प्रशस्त रहेको बताए । यस क्षेत्रमा सञ्चालन पश्चात जिल्लाका भित्रिकोट, गुरुङगाउँ जस्ता क्षेत्रमा पनि होमस्टे सञ्चालनमा ल्याउने नगर प्रमुख कक्षपतिले बताए । होमस्टे सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाई छ । यहाँका प्रशिद्ध धार्मिक स्थल र हिमाललाई नजिकबाट हेर्न, हिमालहरु नियाल्न सकिने भएकाले पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रचुर सम्भावना भएको पाईएको नगर प्रमुख कक्षपतिले बताए । खासगरी जिल्लाको दुर्गम वस्तीमा व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे पर्यटकका लागि राम्रो विकल्प हो ।
स्थानिय समाज, रहनसहन, संस्कृति साक्षतकार गर्न पाईने
होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न पाईने नगर प्रमुख कक्षपतिले बताए । यसमा एउटै परिवार जस्तै भएर बस्न सकिने उनको भनाई छ । यहाँ पर्यटकीय स्थलको रुपमा विकास गर्न राम्रो सम्भावना भएको स्थान भएकाले होमस्टे सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको बताए । उनका अनुसार अव सञ्चालन हुने होमस्टेले पर्यटकलाई स्थानिय रहसनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँने छ । पर्यटनको माध्यमबाट समुदायलाई आर्र्थीक रूपमा सवल बनाउने उद्देश्यका साथ सो बस्तीमा होमस्टे व्यवस्थापन तालिम समेत दिईने कक्षपतिले जानकारी दिए । स्थानीय स्रोत तथा साधनको प्रयोग तथा तिनको उचित परिचालन गर्दै समग्र गाउँको विकासका लागि सबैको सहयोगबाट ग्रामीण पर्यटन समयमा कोसेढुंगा सावित हुने कक्षपतिको भनाई छ । अव बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनलाई मयार्दित रूपमा नेपाली सांस्कृतिक परम्परा अनुरूप स्वागत, बसोबास र खानपान लगायत विषयमा तालिम समेत दिईने जनाईएको छ । पछाडि परेका कुमाल समुदायलाई होमस्टे सञ्चालन पश्चात उनिहरुको जिवनस्तरमा समेत सहज हुने बताए ।
कमेन्ट गर्नुहोस !