शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

एन.आई.सी बैंकद्धारा मधु बस्नेतलाई बिमा भुत्तानी


प्युठान,२० माघ ।
ः एन.आई.सी. एसिया बैंक जुम्री शाखाद्धारा बिरामी मधु बस्नेतलाई बिमा रकम भुत्तानी गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरि बैंकले आफ्नो न्यु सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत औषधी उपचार बिमा दाबी भुत्तानी गरेको छ । बैंकले प्युठान नगरपालिका १ खैराकी ४७ वर्षिय बस्नेतलाई जुम्री शाखाले काठमाण्डौ स्टार अस्पतालमा पित्तथैलीको अप्रेशन गर्दा लागेको खर्च ५४ हजार पाँच सय ७८ रुपिँया भुक्तानी गरेको बैकका शाखा प्रमुख नरेश रावलले जानकारी दिनुभयो । मधु बस्नेतको पारिवारिक खाता खोलिएको बैंकले जानकारी दिएको छ । बिरामी बस्नेतका श्रीमान भोजबहादुर बस्नेतलाई खर्च रकम भूक्तानी गरिएको हो ।
‘बैंक पनि साथि पनि राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैकिङ्ग सेवा प्रदान गदेै आएको एन.आई.सी एसिया बैंकले निक्षेप योजनामा ग्राहकहरुलाइ थप फाइदा दिदै न्यु सुपर चमत्कारिक बचत खाता योजना ल्याएको हो ।
बैकले सन् २०२० को सुरुवाती संगै न्यु सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको हो । जसअनुसार एक हजार, २५ हजार र ५० हजारको खाता खोल्न सकिने छ । एकहजारको खाता खोलेमा १० हजार दुर्घटना बिमा, २ लाख बराबरको १८ घातक रोगको बिमा, ५० हजार रुपिँया बरारको औषधी उपचार खर्च दिईने शाखा प्रमुख रावलले बताउनुभयो । त्यस्तै २५ हजार रुपिँयाको खाता खोलेमा १० लाख दुर्घटना बिमा , १० लाखको घातक रोग बिमा, १ लाख बराबरको औषधी उपचार खर्च दिईन्छ र ५० हजारको खाता खोलेमा पनि १० लाख दुर्घटना बिमा , १० लाखको घातक रोग बिमा, १ लाख बराबरको औषधी उपचार खर्च दिईने बैंक शाखा प्रमुख रावलले बताउनुभयो । बैंकले आफुले पाउँने फाईदालाई सामाजिक सेवा र्ने उदेश्यले यो योजना ल्याएको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top