शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

पूर्व सहायक गृह मन्त्री विष्टको सम्झनामा श्रद्धाञ्जली सभा


प्युठान,२० माघ ।
पूर्व सहायक गृह मन्त्री टङ्क बहादुर विष्टको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । प्युठान नगरपालिकाको आयोजनामा विष्टको प्युठान नगरपालिका २ क्वाडी शिवालयमा १३ औ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको हो । प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिको अध्यक्षता ५ नंम्बर प्रदेश सभा सदस्य हरि रिजालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो । सय वर्षको नजिक पुग्नुभएका विष्ट सामाजिक व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो ।
जिल्लालाई अभिभावकत्व दिएका व्यक्तिको निधनले हामीहरु दुखी भएको प्रदेश सभा सदस्य रिजालले बताउनुभयो । शिक्षा दिने, हरेक आचरणहरु सिकाउने , सबैलाई सहयोग गर्ने सामाजिक व्यक्तित्व भएका विष्ट गुमाउदा जिल्लाले एउटा असल अभिभावक गुमाएको उहाँको भनाई थियो । जिल्लालाई नै उच्च स्थानमा राख्ने व्यक्तिका कामलाई हामीहरुले सदैव सम्झनुपर्ने उहाँले बताउनुभयो ।
स्वर्गीय विष्ट पञ्चायतकालमा गृह सहायक सहित भौतिक पूर्वाधार मन्त्री बन्नुभएको थियो । जिल्ला अस्पताल स्थापना, शिक्षा,स्वास्थ्य लायतका विभिन्न विकास निर्माणमा विष्टको योगदान रहेको छ । विष्टका चार भाइ छोरा मध्ये तीन भाई छोरा हुनुहन्छ । पछिल्लो समय स्वास्थ्य अवस्थाबारे बुझ्न र भेट्न पुग्ने व्यक्ति तथा आफन्तसँग विष्टले जहिल्यै देशको अवस्थाबारे सोधखोज गर्नुहुन्थ्यो । विष्टले जहिल्यै स्वार्थ रहित राजनीति गर्नुपर्नेमा जोड दिदै आउनुभएको थियो । इमान्दारीता र निष्ठाको राजनीति हुनुपर्ने उहाँको भनाई थियो । विष्टको यहि माघ ८ गते ९७ वर्षको उमेरमा र बुटवलमा उपचारको क्रममा निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा सहभागीहरु
विष्टको सम्झनामा कृतिहरु प्रकाशन गरिने
प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले स्वर्गीय विष्टको सम्झनामा उहाँले प्रयोग गर्नुभएका कृतिहरु प्रकाशन गरिदिने बताउनुभयो । म नगरक्षेत्रमा नयाँ काम गर्दा सदैव उहाँ संग सल्लाहा गरेर गर्नेगर्थे नगरप्रमुख कक्षपतिले भन्नुभयो,–‘उहाँका धेरै सपनाहरु नगरपालिकाले पुरा गर्न बाकी रहेको छ ।’
त्यस्तै घरपरिवारले स्वर्गीय विष्टको सम्झनामा ‘टंकबहादुर विष्ट स्मृति ट्रष्ट ’ निर्माण गरिदिने भएको छ । उहाँको ट्रस निर्माणका लागि सबैले सहयोग गर्न स्वर्गीय विष्टका नाती विजयविराज विष्ट्रले जानकारी दिनुभयो । श्रद्धाञ्जली कार्यक्रममा पूर्व माननीय हिरा केसी, जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) का अध्यक्ष तुल्सीराम शर्मा, नेपाली काग्रेसका नेता हुकुमबहादुर विष्ट, स्वर्गीय विष्टका जुवाई देविराम शर्मा लगाएतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, अनुसन्धान प्रमुख, विभिन्न पार्टीका प्रतिनीधि, प्रहरी, शिक्षक, पत्रकार, स्थानियको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top