शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

अस्पताल सुधारमा आम सरोकारवालाहरु एकमत


अव सुर्धेला त प्यूठान अस्पताल ?
प्युठान,१८ माघ ।
प्युठान अस्पताल लामो समयसम्म डाक्टर नहुँदा आलोचित बन्यो । करिब ६ महिनासम्म अस्पतालमा पुग्ने बिरामीहरुको उपचारमा समस्या प¥यो । यस क्षेत्रका बिरामीहरु सरकारीमा भन्दा नीजि क्लनिकमा चेकजाँच गराउनुपर्ने बाध्यता रहयो । तर हाल प्युठान अस्पताल सुधारोन्मुख अवस्थामा छ । ५ नंम्बर प्रदेश सरकार मार्फत पाँच जना डाक्टर पठाएपछि अस्पताल सुधार हुदैँ गएको हो । केहि समय रोकिएका ल्याव, ईमरजेन्सिका बिरामीलाई दिईने सेवा हाल २४ सैं घण्टा दिदै आईएको छ । त्यस्तै लामो समयसम्म लेखा प्रमुख नहुँदा रोकिएका कामहरु समेत डेढ महिनादेखी पदपूर्ती भएको छ । लेखा अधिकृत भएपछि औषधी खरिद संगै तलब पाने वातावरण समेत सिर्जना भएको छ ।
प्युठान अस्पतालबाट दिईने सेवालाई गुणस्तरीय संगै अस्पतालको भौतिक संरचना, सेवा बिस्तार र सेवा प्रवाहका सम्बन्धमा सरोकारवालासंग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख एंव अस्पताल विकास समिति अध्यक्ष केशवराज आचार्यको अध्यक्षता, ५ नंम्बर प्रदेश सभा सदस्य हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्थित जनप्रतिनीधि, सरकारी कार्यालयका प्रमुख प्रतिनीधि, स्थानिय नागरिक लगाएतको उपस्थिती रहेको थियो ।
५० शैयाको अस्पताल बन्न जग्गाले नरोकिने
प्युठान अस्पताल २०४५ सालमा १५ शैयामा स्थापना भयो । २०७३ सालमा यस अस्पताललाई १५ शैयाबाट ५० शैयामा बृद्धि गरियो । स्वीकृत पाएको ४ वर्ष बित्दा समेत ५० शैयाको सेवा दिन सकेको छैन् । यसको मुख्य कारण हो भौतिक संरचना नहुनु । ५० शैया बनाउनका लागि ३५ रोपनी जग्गा आवश्यक पर्दछ तर हाल अस्पतालको ३१ रोपनी मात्र जग्गा रहेको छ । जग्गा नहुँदा ५० शैया बनाउन रोकिएको अस्पताललाई जग्गा सहयोग गर्न यस क्षेत्रका स्थानियले जागरुकता देखाएका छन् । शनिवार भएको अन्र्तक्रिया कार्यक्रममा स्थानिय आनन्दकुमार श्रेष्ठले जग्गाका कारणले नरोकि आवश्यक सरसल्लाहका साथ अगाडि बढन अस्पताल समितिलाई गरे ।


विशेषज्ञ डाक्टरको अभाव
प्युठान अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव छ । ५४ जनाको दरबन्दी रहेको अस्पतालमा ३१ जनामात्र डाक्टर अस्पतालमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन अमृत पन्थीले जानकारी दिए । रोगअनुसारका विशेषज्ञ डाक्टर नहुँदा सेवामा गुणस्तरियता दिन नसकिएको उहाँले बताउनुभयो । स्पताललाई सुव्यवस्थित ढंगले सञ्चालनका लागि सामुहिक छलफल गरिएको उनले बताए । प्रदेशकै नमुना अस्पताल बनाउने लक्ष्य सहित अगाडी बढेकाले सबैको सहयोगको अपेक्षा समेत रहेको उनले बताए । कार्यक्रममा सहभागीहरुले भौतिक निर्माण संगै विशेषज्ञ डाक्टर ल्याउनमा समेत ध्यान पु¥याउनुपर्ने बताए ।
हाल प्युठान अस्पतालमा स्वास्थ्य बीमाको ४३ प्रकारका औषधी वितरण, २४ सै घण्टा ल्याब, एक्सरे सेवा सञ्चालन, प्रसुती प्रोत्साहन तथा यातायात खर्च नियमित उपलब्ध गराएको , नवजात शिशुलाई न्यानो झोला वितरण, फिजियोथेरापी सेवा सुरु, खाद्यान्न,आमा सुरक्षा कार्यक्रमको लागि औषधी तथा औषधीजन्य सामाग्री खरिद प्रक्रिया अगाडी बढाईएको निमित्त प्रमुख पन्थीले बताए अन्र्तक्रिया कार्यक्रममा अस्पताल जाने सड्क मर्मत तथा एम्बुलेन्स पार्किङ, सेवा शुल्क पुनरावलोकन, सुरक्षाको प्रत्याभूति लगाएतका विषयमा छलफल गरिएको थियो ।
५ नंम्बर प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले प्युठान अस्पतालमा आएका डाक्टरहरु टिकाउन सक्ने हो भने अस्पताल सुधार गर्न सकिने बताए । अस्पतालमा आउनुभएका डाक्टरहरुले राम्रो काम गर्न थालेपछि खुट्टा तान्ने प्रवृतिले डाक्टर टिकाउन समस्या भएको उनले बताए । ५० शैयाको अस्पताल निर्माणका लागि आवश्यक जग्गाको व्यवस्थापनका लागि समिति बनाएर उपयुक्त जग्गा खोजिने उनले बताए । ५० शैयाको स्वीकृत पाएर पनि सेवा नपाउँदा समस्या परेकाले सेवा विस्तारका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताए । प्युठान अस्पतालमा जिल्ला संगै छिमेकी जिल्ला रोल्पा, अर्घाखाचीको बिरामी समेत उपचारका लागि आउने गर्दछन् ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top