
राधिका भुसाल
प्यूठान । विश्वकै सबैभन्दा पुरानो चुम्बकीय उपचार पद्धती प्यूठानमा भित्रिएको छ ।
माघ १५ गते देखि प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित बहुउदेश्यीय शैक्षिक भवनमा शिविर संचालन गरी उक्त पद्धतीबाट विरामीहरुको स्वास्थ्य उपचार भइरहेको शिविर सञ्चालक विशाल अर्यालले बताए । पाल्पा तानसेनबाट सुरु गरेको चुम्बकीय उपचार पद्धती स्याङ्जाको वालिङ, चितवन, बुटवलमा शिविर क्याम्प सञ्चालन गर्दै तम्घासबाट सन्धिखर्क हुदैं प्यूठान आएको उनले बताए । शिविरमा प्यारालाइसिस, माइग्रेन, साइटिका, पिनास लगायतका दुखाई समस्या भएका विरामीलाई उपचार गरिने उनको भनाइ छ । ‘विपन्न परिवारका विरामीलाई निशुल्क स्वास्थ्व्य उपचार सेवा दिनेछौं ।’ अर्यालले भने–‘ प्यूठानी जनतालाई सेवा दिने उदेश्यले शिविर सञ्चालन गरिएको हो, प्रक्रिया पु¥याएर आएका विरामीलाई निशुल्क उपचार गरिरहेका छौं ।’ एक्युप्रेसर एंव सुजोक स्पेसिलिष्ट प्रतिभा रेग्मीको नेतृत्वमा दिल्लीका विभिन्न आयुर्वेदीक औषधालयहरुका ४ जना डाक्टरहरु शिविरमा परिचालित भएको उनले जानकारी दिए । 
शिविरमा सेवा लिन पुगेकी मायाले भट्टले भनिन्–‘ढाड दुख्ने समस्याको कारण उपचार गराउन आएकी हुँ यदि सञ्चो नभएको पछि पैसा फिर्ता गरिदिन्छौ भनेका छन् । केही सुधार हुन्छकी जस्तो पनि लगेको छ ।’ त्यस्तै प्यूठान न.पा ३ निवासी ६४ वर्षिय तुलसा वैद्य शरिरको विभिन्न भागहरु दुख्ने र एकहर नचल्ले समस्या भएपछि शिविरमा पुगेको बताउछिन् । सोही ठाउँकी ६२ वर्षिय शोभा गौतमले पनि हात खुट्टा दुख्ने गुडा दुख्ने समस्या लिएर उपचार गराउन हिडेको बताइन । ‘ धेरै ठाउँमा उपचार गराउदा पनि निको भएन ’–उनले भनिन्–‘यहा त उपचार गर्ने शैली नै फरक छ ।’ उक्त शिविरमा धेरैजसो विरामीहरु ४०–४५ भन्दा बढि उमेरका थिए । घाँटीको खुट्टाको समस्या लिएर शिविर क्याम्पमा पुगेका प्यूठान न.पा. ७ निवासी शम्सेर वर्माले थेराफी गराइरहेको बताए ।
शिविरमा उल्लेख्य संख्यामा विरामीहरुको स्वास्थ्य चेकजाँच भइरहेको सञ्चालक बिशालले जानकारी दिएका छन् । यदी २–३ दिन लगातार उपचार गर्दा पनि निको नहुने संकेत देखीपछि विरामीले तिरेको शुल्क सहित विरामीलाई घर फकाउने गरेको उनले बताए ।
शिविरमा भर्नाशुल्क १५ सय छ भने त्यसपछिको आफुले उपचार गर्ने दिनमा प्रतिदिनको ५ सय रुपैया तिर्नु परेको विरामीहरुले बताएका छन् । गरिव तथा दिन दुखीहरुलाई यो शुल्क अलि महंगो भएको उनीहरुको भनाइ छ । माघ १५ गते विहिवारबाट सञ्चालन भएको शिविर २० दिन सम्म चल्ने छ ।
कमेन्ट गर्नुहोस !