
प्युठान,१५ माघ ।
१४ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस प्युठानमा पनि मनाईएको छ । बुधवार नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठान शाखाले प्युठान नगरपालिका–३ जुम्री बसपार्कमा एक औपचारिक कार्यक्रम गरि दिवस मनाएको हो । शाखाका अध्यक्ष उमाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति प्रमुख अतिथी रहनुभएको थियो ।
०७३ सालमा प्युठानमा स्थापना गरिएको रक्तदाता समाजले जिल्ला अस्पतालमा आएका बिरामीहरुलाई आवश्यक परेका समयमा रगत प्रदान गर्दै आएको छ । रेडक्रस शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रले मात्रै रगत पु¥याउन नसकेपछि जिल्लामा शाखा बिस्तार गरि रगत दिने काममा सक्रिय भएको शाखा अध्यक्ष उमाराम पौडलले बताए । जिल्लामा रक्तदाताको संख्यामा समेत बृद्धि भएको उनको भनाई छ । हाँल शाखामा एक सय ७० जना सदस्य आवद्ध रहेका छन् । पौडेलका अनुसार स्वयंसेवी रक्तदाता समुह मार्फत नेपालका जुनसुकै स्थानमा रहेका बिरामीलाई रगत दिन सकिने छ ।

शाखामा आवद्ध रहि रक्तदान गर्ने १२ जनालाई दिवसको अवसरमा सम्मानित गरिएको छ । शाखामा आवद्ध मनु लामा, प्रह्रलादभक्त श्रेष्ठ, सुजता थापा,बालकुमार पुलामी, राधा अधिकारी, सजय सुवेदी लगाएत १२ जनालाई सम्मानित गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अर्जुनकुमार कक्षपतिले रगत दान गरेर बिरामीको सेवा गर्नु सबैको कर्तव्य भएको बताए । पहिलेका समयमा रगत दिनका लागि स्वर्स लगाउनुपथ्यो, कक्षपतिले भने,–‘अहिले त्यस्तो हराएको छ ।’ तीन महिनामा स्वर्तस्फूर्त रुपमा रगत खेर जाने रगतलाई दान गर्नका लागि कन्जुसाई नगर्न उनले आग्रह गरे । साथै शाखाले जनचेतना फैलाएर सदस्यहरु बढाउन समेत बताए।
जिल्ला अस्पतालका बिरामीका लागि आवश्यक रगत पु¥याउनका लागि रक्तसञ्चार केन्द्रलाई जिल्लाका नौ वटै स्थानिय तहले समेत सहयोग गरेको नगरप्रमुख कक्षपतिले बताए । कार्यक्रममा नागरिक सरोकार समाज प्युठानका संयोजक सुमन सुवेदी, शाखा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस !