शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

त्रिविले प्रस्ताव गर्‍यो स्ववियु निर्वाचनको तालिका


काठमाडौं – त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकाको प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको बैठकमा प्रस्ताव राखेको हो ।

बैठकमा अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, नेक्रावि संघलगायतका संगठन सहभागी भएको अनेरास्ववियूका नेता विजय गौतमले बताए ।

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने विद्यार्थी संगठनले जोड दिएका छन्। बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिएका थिए ।

अदालतको आदेशको आधारमा पनि निर्वाचनको विकल्प नरहेकोले एक दुई दिनमा बाँकी संगठनसँग समेत छलफल गरि निर्वाचन तालिका सार्वजनिक गरिने निमित्त रेक्टर शिवलाल भुषाललाई उद्दृत गर्दै नेता गौतमले जानकारी दिए ।

त्रिविका निमित्त रेक्टर शिवलाल भुषालको अध्यक्षतामा बसेको बैठकमा नेविसंघ र विप्लवनिकट क्रान्तिकारीबाहेक सबै संगठनको सहभागिता रहेको थियो। बैठकमा अनेरास्ववियूका संयोजक ऐन महर,सहसंयोजक रञ्जित तामाङ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियो।
तालिका


अन्नपूर्ण पोष्टबाट साभार

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top