
प्यार अलि खाँन
बुटवल,११ माघ ।
राज्यसंग प्रत्यक्षरुपमा नागरिकहरुलाई जोड्न पत्रकारहरुले सकारात्मक भूमिका खेल्नुपर्ने ५ नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । शनिवार बुटवलमा आयोजित प्रेस संगठन नेपालको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, “राज्यको एकल प्रयासले मात्र समृद्धि हासिँल हुन सक्दैन् ।” मुख्यमन्त्री पोखरेलले भने, “नागरिक र राज्य संगसंगै जोडिनु पर्दछ ।” प्रदेश सरकारका स्थानीय तहहरुको सुचांक अन्य प्रदेसको भन्दा माथी रहेको पोखरेलले दाबी गरे । नेपालको आर्थिक बृद्धिदरको मापन बाहिरि संस्थाले नभएर पत्रकार आफैले मापन गर्न सक्ने क्षमताको विकास गर्न मुख्यमन्त्री पोखरेलले प्रेस संगठनमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे ।
प्रदेसको राजधानी कहाँ र नाम के हुनेबारे नेताहरुलाई विभाजित नगर्न समेत पोखरेलले पत्रकारहरुलाई आग्रह गरेका छन् । “महासचिव ज्युले पनि बुुटवल भनेर भन्न लगाउनु भएन । मैले पनि दाङ्ग भनेर भन्न लगाउँदिन ।” पोखरेलले भने, “हामी सहमतीका साथ निर्णयमा पुग्नेछौँ ।” नाम र राजधानीबारे आफ्नो नीजि बिचार समेत नभएको मुख्यमन्त्री पोखरेलले प्रष्ट पारे । सुखी एवं खुशी जनता र समृद्ध प्रदेस बनाउने तर्फ सबैको चाहाना हुनुपर्नेमा उनले जोड दिए । एम.सी.सी प्रकरणबारे मुख्यमन्त्री पोखरेलले उर्जा र सडकमा यो कार्यक्रम लागुहुने भएकोले अनावस्यक एंव भ्रमको बहस फैलाईएको र नेताहरुपनि बेलाबखतमा बहकिएको बताए । सरकारको चौतर्फी आलोचना मात्र गर्नमा सिमित केही ठूला मिडिया हाउसको गोटी नबन्न समेत मुख्यमन्त्री पोखरेलले पत्रकारहरुलाई आग्रह गरे । “पत्रकारहरुले अल्पज्ञान होईन् पुरा ज्ञान राख्नुपर्दछ ।” पोखरेलले भने, “नकारात्मक होईन, सकारात्मक टे«नका साथ देश विकासमा लागौँ ।”
कमेन्ट गर्नुहोस !