
बोमबहादुर परियार
प्युठान,११ माघ ।
आज सयुक्त एम्बुलेन्स चालक संघले दोस्रो स्थापना दिवस देशभर मनाईएको छ । सोही अवसरमा प्युठान र रोल्पाले आज आफ्नो दोस्रो स्थापना दिवसमा एम्बुलेन्स ¥याली गर्दै जिल्ला अस्पताल प्युठानका बिरामीहरुलाई फलफुल वितरण गरेका हुन् । सबै एम्बुलेन्सहरुलाई एकैठाउँमा लाईनबद्ध गराई प्युठान अस्पताल देखि क्वाडी र बाग्दुलासम्मको एम्बुलेन्स ¥याली सम्पन्न भएको हो । साथ ¥याली निहाल्दै कतिपय स्थानियहरु अचम्म मान्दै ¥याली हेर्न समेत आए । कतिपयले त कतै केहि दुर्घटना पनि भयो कि भन्दै आत्तिएका समेत थिए । तर यो एम्बुलेन्सको घुईचो चालकहरुको खुसीको अवसरमा थियो । सयुक्त एम्बुलेन्स चालक प्युठानका सचिव राजकुमार विकले ¥यालीका अवसरमा एम्बुलेन्स चालकहरु निकै हर्षित हुदैँ र्यालीमा समावेश भएको बताउनुभयो । त्यस्तै ¥याली गर्नुको अर्थ कोही मानिस अचानक दुखी बिरामी भएको खण्डमा एम्बुलेन्सलाई बोलाउने र स्वास्थ्यसंस्था समक्ष पुर्याउने सन्देश रहेको बताउनुभयो ।

त्यस्तै ¥याली सम्पन्न गरिसकेपछि पुन प्युठान अस्पतालमा आई बिरामीहरुको सुस्वास्थ्य एंव दिर्घायुको कामना गर्दै फलफुल समेत वितरण गरिएको छ । कार्यक्रममा बोल्दै एम्बुलेन्स चालक संघ प्युठानका अध्यक्ष सुरज जिसीले हामी एम्बुलेन्स चालकहरु सधैभरि सेवाको भाव बोकी बिरामीहरुलाई ओसारपसार गरेता पनि आफ्नो स्थापना दिवसका अवसरमा हर्ष उल्लासका साथ दिवस मनाएको बताउनुभयो । साथै महिनाको एकजना दुःखी, गरिब र असहाय बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा समेत गर्दै आएको उहाँको भनाई छ ।
त्यस्तै सयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य सुशील केसीले सधै दुरदराजका बिरामीहरुलाई सहज रुपमा उपचार पद्धतीसम्म ल्याउनका लागि जिल्लाका सम्पूर्ण एम्बुलेन्स चालकहरु अनवरत रुपले लागि परिरहेको बताउनुभयो । एम्बुलेन्स चालकहरुका पनि विभिन्न समस्याहरु हुन सक्ने र ती समस्याहरुलाई सम्बन्धित निकायहरुले पनि समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । बाहिरबाट अस्पताल समक्ष बिरामी ल्याउँदा अरु गाडीहरुले ल्याएता पनि पुन बिरामीलाई लैजान सोही गाडी प्रयोगमा आउनाले एम्बुलेन्स सञ्चालनमा समस्या आएको उहाँले बताउनुभयो । साथै यस्तो समस्यालाई समाधान गर्नका लागि सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
हाँल प्युठानका एम्बुलेन्सहरुले रोल्पा,अर्घाखाँची, दाङ र गुल्मी समेतका बिरामीहरुलाई सेवा दिएको बताउनुभयो । हाँल प्युठान र रोल्पामा ३५ वटा एम्बुलेन्स सञ्चालनमा रहेको उहाँको भनाई छ ।
कमेन्ट गर्नुहोस !