शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्रदेश ५ मा नेकपाका तीनै उम्मेदवार विजयी


दाङ
प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा सदस्य पदमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट उम्मेदवार बनेका तीनैजना विजयी भएका छन्।

नेकपाका तर्फबाट अपांगरअल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा ५ जजार ४ सय २४ मतभारसहित विजयी भएका हुन।

शर्माका प्रतिष्पर्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाइले १ हजार ९ सय ८६ मतभार प्राप्त गरेर पराजित भए। संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन्।
यस्तै महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरेले ५७७८ मतभार ल्याएर बिजयी भएकि छिन।नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेबी न्यौपाने २१०० मतभार प्राप्त गरिन्।

त्यसैगरी अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराई बिजयी भएका छन। भट्टराईले ५३८२ मत ल्याएर बिजयी भए। यस्तै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका बालकृष्ण पाण्डेले २०५२ मतभार प्राप्त गर्दा संघीय समाजबादीका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद यादवले ४४४ मतभार ल्याएका छन्।राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका शिव पौडेलले १५६ मतभार प्राप्त गरेका छन्।प्रदेश नम्बर ५ मा आठ हजार एक सय मतभार रहको छ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top